पोखरा महानगरबाट ५१ करोडको खानेपानी आयोजना, भरतपोखरी–कृष्टी–निर्मलपोखरी लाभान्वित

पोखरा,  – पोखरा महानगरपालिकाले भरतपोखरी–कृष्टी–निर्मलपोखरी सहलगानी खानेपानी उपभोक्ता समितिलाई लागत साझेदारीमा ५१ करोड ७७ लाख रुपैयाँ स्वीकृत गरेपछि स्थानियवासी उत्साहित भएका छन्। पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा स्वीकृत गरिएको उक्त रकम परियोजना निर्माणको लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ। परियोजना अन्तर्गत दीर्घकालीन र दिगो खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य लिइएको छ। उपभोक्ता समितिका अध्यक्ष दाताराम […]

‘भुइँमान्छे’ पुस्तकमाथि पोखरामा परिचर्चा, बास्तोलाले गरे कार्यक्रम संयोजन

पोखरा,  – नेकपा (एमाले)की निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुइँमान्छे’ माथि सोमबार पोखरामा आयोजित विशेष कार्यक्रममा परिचर्चा गरिएको छ। मदन भण्डारी फाउण्डेशन, कास्कीका अध्यक्ष माधव बास्तोलाको संयोजनमा सम्पन्न कार्यक्रममा सुरेन्द्र भण्डारीले संचालन गरेका थिए। कार्यक्रममा लेखक विन्दा पाण्डेसहित राजनीतिक विश्लेषक, साहित्यकार, पत्रकार र पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पुस्तकमा कोअर्डिनेसन केन्द्रदेखि […]

“पोखराका होटल व्यवसायीहरूको माग: धारामा पानी नआउँदा व्यवसाय प्रभावित”

सात तालको शहर पोखरा, त्यसमा पनि नेपालकै सबैभन्दा ठुलो ठानिएको फेवातालको किनारमा होटल ब्यबसाय गरिरहेका पोखराका ब्यबसायीहरुले नेपाल खानेपानी संस्थानसंग खानेपानीको माग गरेका छन्। होटल संघ पोखरा नेपालका ध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा गएको होटल ब्यबसायीहरुको एक टोलीले सोमबार कार्यालय प्रमुख सहायक प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटेर एक ज्ञापन पत्र बुझाउदै खानेपानी माग गरेका हुन्। संघका […]

शिक्षामन्त्री भट्टराईको राजीनामा, मन्त्रालयमा हलचल

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा […]

शिक्षकहरूको शान्तिपूर्ण संघर्ष आज पनि जारी

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा २० औँ दिन सोमवार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जानकारी दिएका छन् । उनले अझै […]

कालिकोटको पलाँतामा ट्याक्टर दुर्घटनामा ४ जनाको मृत्यु

कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतका अनुसार आइतबार राति पलाँता गाउँपालिका–२ लार्फमा ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टरमा चार जना नै सवार थिए। उनीहरू सबैको पहिचान भइसकेको छ। दुर्घटनामा पलाँता–५ निवासी अम्बा शाही, वडा नम्बर–४ का सदु बुढा, सोही वडाका रवीन्द्र विकको […]

पाथीभरा दर्शनका लागि गइरहेको जिपमा करेन्ट लाग्दा ४ को मृत्यु, २ गम्भीर घाइते

पोखरा, ८ बैशाख २०८२।पाथीभरा दर्शनका लागि जाँदै गरेका दर्शनार्थी चढेको बोलेरो जिपमा करेन्ट लाग्दा चार जना दर्शनार्थीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिकामा १० स्थित काफ्लेपाटी सडक खण्डस्थित गुन्द्रे र तेर्सेको छेउमा लत्रिएको तारमा बिजुली करेन्ट लाग्दा मे १ ज ३०११ को बोलेरो […]

राप्रपाका सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एबम सांसद धवल शमशेर राणा आइतबार राती हाजिरी जमानीमा छुटेका छन् । राजावादीहरुले गठन गरेको संयुक्त जन-आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा आइतबार राती परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए । गत चैत […]

तनहुँमा सवारी दुर्घटना २ जनाको मृत्यु

पाेखरा बैशाख ७/ तनहुँको भानु नगरपालिका–१० स्थित नेपालडाँडामा आइतबार दिउँसो माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । डुम्रे–बेसीशहर सडकखण्डमा आइतबार दिउँसो १२ बजेर १५ मिनेटमा दुर्घटना भएको हो । डुम्रेबाट लम्जुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको […]

राप्रपा अध्यक्ष लिङ्देनल सिंहदरबारबाट पक्राउ

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रहरी नियन्त्रणमा परेका छन् । उनलाई प्रहरीले सिहदरबारबाट नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू बाहिर निस्किएर सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । अन्य नेताहरू भने प्रदर्शन गरिरहेका छन् । लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै […]