जहाजमार्फत भैरहवा जान त्रिभुवन अन्तरराष्ट्रिय विमास्न्थल पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आपत परेको छ।
भैरहवास्थित गौतम बुद्ध अन्तररास्ट्रिय विमानस्थलको आकाश नखुले पछि जहाज उड्न नसक्दा लामिछानेलाई आपत परेको हो। उनी बिहान ७ . ४५ बजेदेखि आकाश खुल्ने आशामा त्रिभुवन अन्तरराष्ट्रिय विमास्न्थल काठमाण्डौमा प्रतिक्षारत छन्।
भैरहवामा खराब मौसमकाकारण बिमानस्थल नखुले पछि अब नख्खु कारागार प्रशासनले लामिछानेलाई जहाजमार्फत भरतपुरसम्म र त्यहाँबाट गाडीमार्फत भैरहवा लैजाने तयारीमा लागेको समाचार स्रोतहरुले जानकारी दिएका छन् ।
बिहान ७:५५ बजेदेखि भैरहवाको लागि उडान पर्खिएका उनी भैरहवाको मौसम नखुलेपछि भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा जाने रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिए ।
उच्च अदालतले उनलाई सशर्त धरौटी लिएर कारागारमुक्त गर्न आदेश दिएको छ। उनलाई रुपन्देही जिल्ला अदालतले छुटपुर्जी नदिएसम्म कारागारमुक्त हुन नसक्ने भए पछि त्यही छुटपुर्जी लिन उनी भैरहवा जाँदै छन्। आज शुक्रबार भएकोले सरकारी कार्यालयहरुको समय अवधिमा उनी रुपन्देही जिल्ला अदालत नपुग्ने बताइएको छ। अदालतले लचकता नअपनाएमा आज र भोली उनी रुपन्देहीको कारागारमा बस्नु पर्ने बाध्यता आउन सक्ने देखिएको छ।