एमाले केन्द्रीय सदस्यमा सुनिता डंगोल विजयी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा एमालेको केन्द्रीय सदस्यमा सुनिता डंगोल विजयी भएकी छन् । काठमाडौँ महानगरपालिकाको उपप्रमुख समेत रहेकी उनी १६६८ मतका साथ विजयी भएकी हुन् । उनी केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी एमालेकै कोटमा उपमेयर निर्वाचित भएकी थिइन् ।