चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्न सरकारसँग एमालेकाे आग्रह

नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आग्रह गरेको छ। काठमाडाैंमा बिहीबार पार्टीकाे सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावहरुकाे बारेमा जानकारी गराउँदै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक, प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न […]
एमाले केन्द्रीय सदस्यमा सुनिता डंगोल विजयी

नेकपा एमालेको केन्द्रीय सदस्यमा सुनिता डंगोल विजयी भएकी छन् । काठमाडौँ महानगरपालिकाको उपप्रमुख समेत रहेकी उनी १६६८ मतका साथ विजयी भएकी हुन् । उनी केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी एमालेकै कोटमा उपमेयर निर्वाचित भएकी थिइन् ।
बादल : माओवादी जनयुद्धको कमाण्डरदेखि एमालेको निर्वाचित उपाध्यक्षसम्म

रामबहादुर थापा ‘बादल’ नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित भएका छन् । पूर्व माओवादी कमाण्डर बादल तत्कालीन नेकपा विभाजनको समयमा एमालेतिर लागेका थिए । २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा उनी त्यसको पक्षमा उभिएका थिए । २०७८ सालमा नेकपाभित्र आन्तरिक विवाद बढ्दै जाँदा उनी ओली पक्षमा लागेका थिए । सर्वोच्च अदालतले […]
एमालेबाट अनुमोदन हुनुभयो नि भन्ने प्रश्नमा लेखराज भन्छन्- म एमाले हुँ, यो विजयी एमालेकै हो

नेकपा एमालेका नवनिर्वाचित उपमहासचिव लेखराज भट्टले विजयीलाई अहंकार र दम्भमा लैजान नहुने बताएका छन् । उपमहासचिवमा विजयी भएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले विजयीलाई अहंकार र दम्भमा लैजानु नहुने र हारलाई निराशामा व्यक्त गर्न नहुने बताएका हुन् । जित र हारलाई एक अर्काले आत्मासात गर्नुपर्ने भन्दै उनले हारलाई सम्मान गर्ने र विजयीलाई व्यावहारिक रूपमा नै […]
एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतगणना जारी

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी रहेको छ । मतगणना सम्पन्न भएको ३ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने गरी हाल मतगणना जारी रहेको एमाले निर्वाचन आयोगले जनाएको हो। निर्वाचनमा जम्मा २ हजार २ सय ६३ जना मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो । ३६ […]