मेयर आचार्यद्वारा राष्ट्रिय शोक दिवसमा ‘जेनजी’ प्रदर्शनका शहीदलाई भावपूर्ण श्रद्धाञ्जली

पोखरा, भदौ २३ – राष्ट्रिय शोक दिवसको अवसरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ‘जेनजी’ प्रदर्शनका क्रममा आफ्नो अमूल्य जीवन गुमाउने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा सन्देश जारी गर्दै मेयर आचार्यले शोकसन्तप्त परिवारजन तथा सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले आन्दोलनमा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको […]
माल्दिभ्सको पोस्टमा भारतको ६ गोल

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१७ च्याम्पियनसिपमा भारतले मंगलबार उत्कृष्ट सुरुवात गरेको छ । श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्पोर्टस् कम्प्लेक्समा चारपटकको विजेता भारतले माल्दिभ्समाथि ६–० को जित निकाल्यो । जितका साथ भारत समूह ‘बी’को शीर्ष स्थानमा रह्यो । भारतको जितमा डल्लामुवन गांतेले दुई गोल गरेका थिए । ऋषिकेश छरण, कामगोहाउ डोउंगेल, गुनलेइबा वाङखेइराकपम र आजिम पर्भिज नजरले समान एक गोल […]
निजामती कर्मचारीकाे दरबन्दी २० प्रतिशतले कटाैती गर्ने सरकारकाे तयारी

सरकारले निजामती सेवा अन्तर्गत संघीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरेको छ । मुख्यसचिव एकनारायण अर्यालको मंगलबार संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसकाे बारेमा सैद्धान्तिक सहमति गरेको हो । हाल संघमा ५१ हजार भन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो संख्या करिब १० हजारले घट्ने भएकाे छ । साेही […]
कांग्रेस बैठकमा आधा दर्जन जिल्ला सभापतिहरूको प्रश्न- देउवाको घरमा भेटिएको भनिएको पैसाको वास्तविकता के हो?

जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्रीसमेत रहेकी आरजु राणा देउवामाथि निवासमै आक्रमण भयो। केही प्रदर्शनकारीहरू र सुरक्षाकर्मीले जोगाउँदै देउवा दम्पतीलाई नेपाली सेनाको जिम्मा लगाएपछि शिवपुरी लगिएको थियो। भदौ २४ मा काठमाडौंको बूढानीलकण्ठस्थित देउवा निवासभित्रै प्रवेश गरेर कुटपिट गरेका प्रदर्शनकारीले घरमा आगो लगाएका थिए। जसै देउवा निवास जल्यो, सामाजिक […]
महेश भन्छन्: काठमाडौंमा १० औं हजार उतार्छौँ, एमाले के हो ? देखाउँछौँ

नेकपा एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतले बुधबार–बिहीबारभित्रै काठमाडौंमा १० औं हजारको भिड उतार्ने उद्घोष गरेका छन्। मंगलबार जेन–जी आन्दोलनका क्रममा आगजनी गरेर जलाइएको एमाले केन्द्रीय कार्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्। ‘भोलि र पर्सिभित्रै उपत्यका भित्र एउटा विशेष कार्यक्रम गर्छौँ,’ बस्नेतले भने, ‘त्यो कार्यक्रममा १० औं हजार युवा परिचालन गर्छौँ। त्यो […]
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ । मंगलबार साँझ ८ः५० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोला स्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । सडकखण्डमा पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । अहिले एउटा एक्साभेटर प्रयोग गरेर पहिरो […]
दशैँ टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ । २०८२ सालको बडादशैँ असोज ६ गते घटस्थापनादेखि सुरु हुन्छ । समितिले १६ गते बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ ।
आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो। जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप […]
सुशील बस्नेतद्वारा क्रान्तिकारी योद्धाको त्याग र समर्पणको व्याख्या

पोखरा: नेकपा (एमाले) पोखरा महानगर कमिटीका सचिव सुशील बस्नेतले क्रान्तिकारी योद्धाको जीवन व्यक्तिगत सुख र सपनाको बलिदानमा आधारित हुने बताएका छन्। उनले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणामा एक क्रान्तिकारीले क्रान्तिको मार्गमा हिँड्दा व्यक्तिगत र पारिवारिक जीवनका धेरै पक्षहरू गुमाउनुपर्ने उल्लेख गरेका छन्। बस्नेतले क्रान्तिकारीहरूलाई “विशेष धातुले बनेका” व्यक्तिका रूपमा व्याख्या गर्दै उनीहरूको त्यागको गहिराइलाई उजागर […]
लामो दूरीका बसमा दुई चालक अनिवार्य, उमेर १८ वर्षमाथि हुनुपर्ने

दशैंको समयमा यात्रा सुरक्षित बनाउन सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राख्नु पर्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने गरी यात्रीबाहेक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राखी आलोपालो सवारी चलाउने व्यवस्था यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक […]