लेडी राइडरहरुको ‘राइड टु हेरिटेज साइट्स’ (तस्विरहरु)

दुई पाङ्ग्रे क्वीन्स नामक सामाजिक सञ्जाल समूहले ‘राइड ट हेरिटेज साइट्स’ (Ride to Heritage sites) नामक  कार्यक्रम आयोजना गरेको छ । अन्तर्राष्ट्रिय महिला राइडर डे २०२५ को अवसरमा दुई पाङ्ग्रे क्वीन्सले बैशाख २० गते शनिबारका दिन उक्त कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौं सोरखुट्टेस्थित लण्डन फेसन हाउसबाट सुरु भएको राइड विभिन्न स्थान हुँदै धुमबाराही पुगेर […]

एमाले सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या  भएको छ ।    जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए । भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको […]

वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

नवलपरासी । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । उनले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर […]

कक्षा १२ को परीक्षा आजदेखि

पोखरा ।आज (आइतबार) देखि कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदै छ । आगामी २ जेठसम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिनेछन् । बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ […]

आज देशका अधिकांश पहाडी भू-भागमामा वर्षा हुने

पोखरा ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । गएराति गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, बागमती र कोसी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति वर्षा भएको छ । मेघगर्जन […]

डिभी–२०२६ नतिजा सार्वजनिकः कसरी हेर्ने ?

पोखरा,अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ। अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले न्युयोर्क समय अनुसार शनिबार मध्यान्ह १२ बजे अनलाइनमार्फत नतिजा प्रकाशन गरेको हो। डिभीमा चयन भएका उम्मेदवारहरूले सन् २०२५ को अक्टोबर १ बाट भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् भने सबै प्रक्रिया सन् २०२६ को सेप्टेम्बर ३० भित्रै सक्नुपर्नेछ। समयमै […]

क्षत्री महिला समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४६ युनिट रगत संकलन

पोखरा, वैशाख २० गते । क्षत्री महिला समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा समाजसेवी थापाले समाजका महिला दिदीबहिनीहरूले रक्तदान जस्तो पवित्र कार्यको आयोजना गरेकोमा कृतज्ञता व्यक्त गरे। उनले भने, “यो धेरै ठूलो तीर्थ हो। यस्तो मानवीय संवेदना र स्वास्थ्यसँग जोडिएका विषयहरूमा काम गर्नु महत्त्वपूर्ण छ। […]

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ: पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले भने, ‘हामीले गरेको संघर्षकै कारणले हामीले यो २०७२ सालमा जुन संविधान बनायौँ । त्यो संविधानको धारा ३ मा हामीले एउटा महत्त्वपूर्ण कुरा राखेका छौँ । यो संविधान पुँजीवादी संविधान हो । […]

सांसदहरूलाई ओलीले भने- ढुक्क रहनू, हाम्रा सबै नीति सही छन्

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही भएको भन्दै सांसदहरूलाई ढुक्क हुन आग्रह गरेका छन् । सरकारी निवास बालुवाटारमा शनिबार आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । माननीय सदस्यहरूका लागि के आग्रह गर्न चाहन्छु भने हाम्रा नीतिहरू सही छन् । ढुक्कले सहि […]