झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएको छ। काठमाडौंबाट आएको एटिआर ७२ बुद्ध ९०१ कलसाइनको  विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएको हो।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार विमानमा सामान्य क्षति भए पनि यात्रु र चालक दलका सदस्य सबै सकुशल छन्। सबै यात्रुको उद्धार भइसकेको उनले बताए ।
शुक्रबार बेलुका ९ बजेर ७ मिनेटको समयमा विमान चिप्लिएको प्रहरीले जनाएको छ।

झापाका एसपी राजन लिम्बूका अनुसार विमान दुई सय मिटर पर खोल्सीमा झरेको छ।

विमानमा चार चालक दलका सदस्य र ५१ यात्रु गरी ५५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार विमानमा केही यात्रु सामान्य घाइते छन्