सिरहा क्षेत्र नम्बर ३ बाट एमालेका लीलानाथ श्रेष्ठ एकल सिफारिस

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेलको केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्जसमेत रहेका पूर्वकानुन मन्त्री लीलानाथ श्रेष्ठलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।शनिबार बसेको निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले श्रेष्ठको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । श्रेष्ठ यसअघि २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।