आन्तरिक उडानतर्फको इन्धन शुल्क घट्यो, भाडादर के होला ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको इन्धन शुल्क समायोजन गरेको छ । हवाई इन्धनको मूल्य घटेको दुई दिनपछि शुक्रबार क्यानले सरचार्ज पनि समायोजन गरेको हो ।

नेपाल आयल निगमले बुधबारमात्रै हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएको थियो । योसँगै हवाई जहाजको अधिकतम भाडा दरपनि घटेको छ । प्राधिकरणका अनुसार ट्रंक रुटका लागि प्रतिमिनेट ६८.०९ रुपैयाँ र दुर्गम क्षेत्रका लागि प्रतिमिनेट ४८.६४ रुपैयाँ इन्धन शुल्क कायम गरिएको छ।

नयाँ भाडादर अनुसार काठमाडौँबाट हुने उडानमा सबैभन्दा धेरै धनगढी रुटमा २६५ रुपैयाँले शुल्क घटेको छ भने सबैभन्दा कम सिमरा रुटमा ५५ रुपैयाँले घटेको छ । यस्तै काठमाडौंबाट विराटनगर रुटमा १४० रुपैयाँ, भद्रपुर रुटमा १८०, भरतपुर रुटमा ६५, जनकपुर रुटमा ७५, पोखरा रुटमा ९५ र नेपालगञ्ज रुटमा १९५ रुपैयाँले घटेको छ । काठमाडौं सिमरा ५५ रुपैयाँ, भैरहवा १२५ रुपैयाँ, राजविराज १२५ रुपैयाँ, सुर्खेत २१० रुपैयाँ र तुम्लिङटार ११० रुपैयाँले भाडादर समायोजन भएको हो ।

माउन्टेन फ्लाइटमा २१० रुपैयाँ, काठमाडौंबाट लुक्ला ८० रुपैयाँ, जोमसोम १२० रुपैयाँ, फाप्लु ७० रुपैयाँ, जुम्ला १९० रुपैयाँ, नेपालगन्ज–सिमिकोट १२० रुपैयाँ फ्युल सरचार्जबापत समायोजन भएको छ ।