पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गयो

पोखरामा टिप्परको ठक्करले एक महिलाको ज्यान गएको छ । पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्री गम्भीर घाइते भई उपचारकै क्रममा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ। पोखराको छोरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशा तर्फ जार्दै गरेको ग […]

दुध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन

सरकारले देशभरका दुध उत्पादक कृषकको करिब रु तीन अर्ब बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फछ्र्यौट गर्न निर्देशन दिएको हो । निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले लामो समयदेखि […]

‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी ट्रेलर : नेपाली संस्कृति जोगाउने पहलको कथा

प्रदर्शन तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । नर प्रधान ‘मित्र’ निर्देशित फिल्मले नेपाली भाषा, कला, संस्कृति जोगाउन पात्रहरूले गर्ने संघर्षको कथा भन्छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे खुलासा गर्छ । भुटानबाट लखेटिएका नेपालीभाषीको शरणार्थीको रुपमा नेपाल बसाइ र तेस्रो देशको […]

कोशी सरकारले ल्याएको बजेटमा चरम दोहन र लुटपाट भयो: नेता आङ्बो

नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले ल्याएको बजेट असन्तुलित र मनोमानीपूर्ण भएको भन्दै त्यसले स्रोतको लुटपाटलाई प्रश्रय दिएको आरोप लगाएका छन्। शुक्रबार प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको बजेट निर्माण प्रक्रिया र मन्त्रीहरूको जवाफप्रति कडा आपत्ति जनाएका हुन्। पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोले सरकारले […]

नुवाकोटमा बाढी घरमा पस्दा श्रीमती बेपत्ता, श्रीमान् घाइते

नुवाकोटको ककनीमा कोल्पु खोलाको बाढीले एक जना महिलालाई बगाएको छ भने एक जना घाइते भएका छन् । ककनी गाउँपालिका-१ कागतीगाँउस्थित भसीबुमा शुक्रबार बिहान कोल्पु खोलामा आएको बाढी घरमा पस्दा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन् । बाढीमा परेर उनको श्रीमान् ३६ वर्षीय अशोक बलामी घाइते भएको नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विक्रम लामाले अनलाइनखबरलाई […]

अन्नपूर्णमा स्थलगत भुक्तानी शिविर

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिलाई योजनाको भुक्तानी दिन थालेको छ ।  गाउँपालिकाको कार्यालय पोखरेबगर आउन अपायक पर्ने उपभोक्ता समितिलाई घुम्ती शिविरमार्फत वडा कार्यालयमा पुगेर भुक्तानीसम्बन्धी सेवा दिएको हो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिलाई योजनाको भुक्तानी दिन थालेको छ ।  गाउँपालिकाको कार्यालय पोखरेबगर आउन अपायक पर्ने उपभोक्ता समितिलाई घुम्ती शिविरमार्फत वडा कार्यालयमा […]

उच्च अदालतले भन्यो– महेश बस्नेतलाई मुद्दा नचलाउने निर्णयविरूद्धको रिट दर्ता गर्नू

उच्च अदालत पाटनले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरूद्ध मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्णय विरूद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र  टीकाराम आचार्यको संयुक्त इजलासले यसअघि उच्चका रजिस्टारबाट दरपिठ भएको बस्नेतबाट पीडित भएकाे दाबी गर्ने महिलाको रिट निवेदन सुनुवाइका लागि दर्ता गर्न आदेश […]

रहेनन् ‘मिसन इम्पोशिबल’ का सङ्गीतकार लालो शिफ्रिन

हलिउड फिल्म ‘मिसन इम्पोसिबल’ सिरिजका संगीतकार लालो शिफ्रिनको मृत्यु भएको छ । ९३ वर्षका शिफ्रिनको बिहीबार मृत्यु भएको बताइएको छ । उनको मृत्युको खबर शिफ्रिनको छोरा विलियम र रायनले पुष्टि गरेका हुन् । निमोनियासँग सम्बन्धित जटिलताका कारण पिताको निधन भएको उनीहरूले भनेका छन् । शिफ्रिनले चार पटक ग्रामी अवार्ड जितेका थिए । उनी ६ पटक […]

गैरकानूनी रूपमा विदेशमा रहेका नेपालीहरूलाई परराष्ट्रमन्त्रीको आग्रह – अब कानूनी प्रक्रिया अपनाउनू

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरकानूनी रूपमा विदेशमा बसोवास गरिरहेका नेपालीलाई अब कानूनी प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ । बिहीबार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री राणाले २०२४ को सेप्टेम्बरपछि गैर कानूनी रूपमा विदेश जानेहरूलाई वैधानिकता दिन नसकिने स्पष्ट पार्नुभयो । उहाँले विदेश जानेहरूलाई कानुनी रूपमै जानको लागि […]

सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको हो । मूल्य घटेसँगै शुक्रबार सुन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला १ लाख ९२ […]