मझेरीपाटन मगर समाजको घोषणा: नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी गुरुङलाई जिताउने सर्वसम्मत निर्णय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, २४ माघ ।पोखरा महानगरपालिका वडा नं. १४ स्थित मझेरीपाटन मगर समाजले आगामी फागुन २१ गते हुने निर्वाचनमा कास्की क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फका उम्मेदवार राजकाजी गुरुङलाई सर्वसम्मत समर्थन गर्ने निर्णय गरेको छ। शनिबार समाजका अध्यक्ष बल बहादुर मगरको अध्यक्षतामा बसेको पूर्ण बैठकले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गुरुङलाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो।

बैठकले निर्वाचनमा ‘तारा’ चिन्हमा मतदान गरी राजकाजी गुरुङलाई अत्याधिक बहुमतले विजयी गराउन सम्पूर्ण टोलवासी, आमा समूह, युवा क्लब र शुभचिन्तकहरूमा हार्दिक अपिल गरेको छ।

 

बैठकमा कास्की क्षेत्र नं. १ को समग्र विकास, पूर्वाधार निर्माण र सुकुम्वासी समस्या समाधानका लागि राजकाजी गुरुङको नेतृत्व अपरिहार्य रहेको ठहर गरिएको छ। “हाम्रो क्षेत्रको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउन सक्ने सक्षम र जुझारु नेताका रूपमा हामीले राजकाजी गुरुङलाई पाएका छौँ,” बैठकमा पारित प्रस्तावमा उल्लेख छ। समाजले आफ्नो भेला मार्फत ‘प्रस्ताव नं. १’ पारित गर्दै चुनावी अभियानमा सक्रियतापूर्वक लाग्ने संकल्प गरेको छ।