मझेरीपाटन मगर समाजको घोषणा: नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी गुरुङलाई जिताउने सर्वसम्मत निर्णय

पोखरा, २४ माघ ।पोखरा महानगरपालिका वडा नं. १४ स्थित मझेरीपाटन मगर समाजले आगामी फागुन २१ गते हुने निर्वाचनमा कास्की क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फका उम्मेदवार राजकाजी गुरुङलाई सर्वसम्मत समर्थन गर्ने निर्णय गरेको छ। शनिबार समाजका अध्यक्ष बल बहादुर मगरको अध्यक्षतामा बसेको पूर्ण बैठकले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गुरुङलाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो। बैठकले […]

त्रिमूर्ति निकेतनले नेपाली साहित्यको श्रीवृद्धिका लागि अपरिमेय योगदान गरेको छ : ठकुरी

नेपाली साहित्यका नारीरत्न माया ठकुरीले त्रिमूर्ति निकेतनबाट नेपाली साहित्यको श्रीवृद्धिका लागि अपरिमेय योगदान भएको बताएकी छन् । त्रिमूर्ति निकेतनले प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनदेखि विश्व नारी नेपाली साहित्य सम्मेलनसम्म गरेर उल्लेखनीय योगदान गरेको उनले बताइन् । शनिबार उन्नाइसौँ त्रिमूर्ति दिवस समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै ठकुरीले भनिन्-  ‘त्रिमूर्ति निकेतनकै साथमा नइ एकेडेमीले आगामी चैत […]

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

लुम्बिनी प्रदेशमै पहिलोपटक अनलाइन माध्यमबाट सञ्चालन भएकाे ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ नेपाल’ ले आजदेखि नेपालगञ्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले आज उक्त सेवाको शुभारम्भ गरेका हुन् । उक्त सेवा आजदेखि बाँके र बर्दियामा सुरु भएको हो । बाँके । लुम्बिनी प्रदेशमै पहिलोपटक अनलाइन माध्यमबाट सञ्चालन भएकाे […]

हिंसात्मक आक्रमण स्वीकार्य छैन : संयुक्त राष्ट्र

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक मस्जिदमाथि भएको आक्रमणप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेका छन् । उनका उपप्रवक्ता फरहान हकले जारी गरेको विज्ञप्तिमा महासचिवले पीडितहरूको परिवारप्रति समवेदना प्रकट गरेका हुन् । महासचिवले नागरिक र उपासना स्थलहरूलाई लक्षित आक्रमण अस्वीकार्य रहेको दोहोर्याए र दोषी व्यक्तिहरूलाई पहिचान गरी न्यायको दायरामा ल्याउनुपर्नेमा […]

कास्कीमा प्रहरीलाई निर्वाचन सुरक्षा सम्बन्धी अभिमुखीकरण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी र युनिट इञ्चार्जलाई आज निर्वाचन सुरक्षा, आचारसहिंतालगायत विषयमा अभिमुखीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको उपस्थितिमा जिल्लाको सुरक्षा अवस्था र आगामी दिनमा तय गर्नुपर्ने रणनीतिका विषयमा अन्तरक्रिया एवं छलफल भएको कार्यालयका प्रहरी नायब उपरिक्षक […]

अमेरिका र भारतबिच अन्तरिम व्यापार सम्झौताको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ फेब्रुअरीमा सुरु गरेको अमेरिका–भारत द्विपक्षीय व्यापार सम्झौता (बिटीए) वार्तालाई अगाडि बढाउन अन्तरिम व्यापार सम्झौताको घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिका र भारत बीचको अन्तरिम सम्झौताले व्यापारमा ऐतिहासिक कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै आपसी हित र पारस्परिक सन्तुलित व्यापारको साझा प्रतिबद्धता प्रदर्शन गर्ने जनाइएको […]

मिथ्या सूचना नियन्त्रणमा निर्वाचन आयोग सक्रिय

२४ माघ, काठमाडौं । निर्वाचन आयोगले मिथ्या सूचना नियन्त्रणका लागि सक्रिय रहेको बताएको छ । आयोगकी सदस्य जानकीकुमारी तुलाधर सामाजिक सञ्जालसँग सम्झौता लगायतका कार्य समेत भएको बताउँछिन् । ‘मिथ्या सूचना, भ्रामक सूचना, हेट स्पिचलाई कसरी नियमन र नियन्त्रण गर्ने भन्ने कुरामा आयोग सदैब सचेत रहेको छ’ उनी भन्छिन्, ‘अहिले मात्रै हामीले मेटा, टिकटक लगायतसँग एमओयू […]

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन् । अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’ का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिकाले करोडौँका मन जित्न […]

डा.कर्मा वाङ्छु शेर्पालाई सम्मान

संयुक्त राज्य अमेरिकास्थित विलमिङटन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका डा.कर्मा वाङ्छु शेर्पालाई सम्मान गरिएको छ । शेर्पा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्मानित भएका हुन् । कुलुङ शेर्वी किदुगको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा डा.शेर्पाको शैक्षिक उपलब्धि, सामाजिक योगदान तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली समाजको पहिचान प्रवर्द्धन गर्न पुर्‍याएको योगदानबारे चर्चा भएको थियो । कार्यक्रममा […]