डा.कर्मा वाङ्छु शेर्पालाई सम्मान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

संयुक्त राज्य अमेरिकास्थित विलमिङटन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका डा.कर्मा वाङ्छु शेर्पालाई सम्मान गरिएको छ । शेर्पा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्मानित भएका हुन् ।

कुलुङ शेर्वी किदुगको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा डा.शेर्पाको शैक्षिक उपलब्धि, सामाजिक योगदान तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली समाजको पहिचान प्रवर्द्धन गर्न पुर्‍याएको योगदानबारे चर्चा भएको थियो ।

कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले डा.शेर्पा ज्यूलाई प्राप्त सम्मानले नेपाली समुदायको गरिमा अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुगेको उल्लेख गर्दै उनको योगदान प्रेरणादायी रहेको बताएका छन्।

सम्मान ग्रहणपछि डा.शेर्पाले यस सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण नेपाली समाज र शेर्पा समुदायको साझा उपलब्धिका रूपमा लिएको प्रतिक्रिया दिए । कार्यक्रम पूर्वमन्त्री आङछिरिङ शेर्पाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।