पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण

अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीयस्थल खोप्रालेक (खोपारा) मा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरी स्वच्छ खानेपानीको व्यवस्था गरिएको हो । गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरेको […]

अरनिको राजमार्ग : कोदारी कोप्लाङमा सडक भासिएर आवागमन अवरुद्ध

। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा राती सडक भासिएको छ । सडक भासिएपछि अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानी देखि कोदारी खण्ड अवरुद्ध छ । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले अविरल वर्षाका कारण भोटेकोशी–२ कोदारीमा शनिबार बेलुका ९ बजेदेखिनै सडक भासिएर राजमार्ग अवरुद्ध भएको जानकारी दिए । सडक विभाग, गाउँपालिका […]

आन्दोलनबीच संसद चलाउनु दादागिरी- राप्रपा सांसद ज्ञानेन्द्र शाही

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आन्दोलनबीच संसद चलाउनु दादागिरी भएको बताएका छन्। आइतबार संसदमा राप्रपा र रास्वपाले विरोध जनाएको छ। रास्वपाका दलहरूले वेल समेत घेराउ गरी विरोध जनाएका छन्। त्यसैबीच समय पाएका राप्रपाका प्रमुख सचेतक शाहीले यसरी संसद चलाउनु दादागिरी भएको बताएका हुन्। ‘सभामुखज्यू मैले राख्ने कुरा केही पनि छैन। […]

पोखरा ८ मा घरघरमा स्वास्थ्य कार्यक्रम: नसर्ने रोगहरूको निःशुल्क स्क्रिनिङ तथा परामर्श शिविर सुरु

पोखरा । घरघरमा स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगहरूको निस्शुल्क स्क्रिनिङ तथा परामर्श शिविर पाेखरा ८ मा शुभारम्भ भएको छ । त्यसैगरी   कार्यक्रम अन्तर्गत नै पोखरा ८ ले ज्यष्ट तथा अशक्त नागरिकको धुम्ति स्वास्थ्य कार्यक्रम महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम तथा स्वास्थ्य जाँच शिविर, मनोरोग, सरूवा एवं अन्य दीर्घ रोग सम्बन्धि जानकारीको पनि एकसाथ शुभारम्भ भएको […]

इजरायली प्रतिरक्षामा नउत्रन पश्चिमा देशलाई इरानको चेतावनी

अमेरिका र  इरानबिच ओमानमा हुने भनिएको आणविक वार्ता रद्द,इरानले इजरायललाई दिइएको सम्भावित सहयोगको विषयमा अमेरिका, फ्रान्स र बेलायतलाई कडा चेतावनी दिएको छ । यस्तो सहयोग गरे मध्यपूर्वमा रहेका ती देशका सैन्य अड्डा र जहाजहरूमा हमला गर्ने इरानको चेतावनी छ । इस्लामिक गणतन्त्र इरानको आणविक र सैन्य आधारलाई लक्षित गरी इजरायलले आक्रमण गरेपछि इरानले शुक्रबार इजरायलमा भीषण मिसाइल […]

पाँच प्रदेशका भूभागमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भइरहेको […]

पोखरामा २७ अर्बको लगानी, वैकल्पिक सडकबाट स्थानीय हर्षित

पोखरा महानगरपालिका वडा नम्बर–३३ बाघमारामा सुविधा सम्पन्न बाटो निर्माण भएपछि स्थानिय हर्षित भएका छन् । वर्षौंदेखि जिर्ण सडकमा हिंड्न बाध्य उनीहरु अहिले पोखरा महानगरपालिकाको पहल तथा विश्वबैंकको सहयोगमा दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक खण्ड बन्न थालेपछि हर्षित भएका हुन् । पृथ्वी राजमार्ग अन्तर्गत कोत्रेबाट दोबिल्लाहुँदै विरौटा निस्किएर स्याङ्जा जाने बैकल्पिक सडकका रुपमा हेरिएको यो सडकको भौतिक प्रगती पुगनपुग […]

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने निश्चित भएको छ । प्रधानमन्त्री ओलीकाे भारत भ्रमण पछिल्लो भेटघाटले निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारत भ्रमणमा जाने मिति तय भइनसके पनि तयारी भने थालिएको मन्त्रालयका एक अधिकारीले बताए । परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास यसकाे तयारीमा जुटेको छ । भ्रमणमा के–के विषयमा छलफल […]

सदन अवरुद्ध गर्नु भनेको निजामति, शिक्षा, नागरिकता ऐन पास हुन नदिनु हो : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको वृहत हितका निम्ति सत्तापक्षसँग सदन खोल्ने सहमति गरेको बताउनुभएको छ । झापाको दमकमा शनिबार आयोजित कोचिला, धिमाल, झाँगड, उराउ, सन्थाल तथा मेचे समुदायका संयुक्त राष्ट्रिय मोर्चाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरु सदनमा रहेको भन्दै माओवादीले अनन्तकालसम्म सदन […]

इरानले दियो अमेरिका, बेलायत र फ्रान्सका सैन्य अड्डाहरूमा आक्रमण गर्ने धम्की

इरानले अमेरिका, बेलायत र फ्रान्सलाई उनीहरुको सैन्य अड्डामा हमला गर्ने धम्की दिएको छ। उसले इरानी हमलालाई निष्क्रिय पार्न खोजे वा इसराइललाई सहयोग गरे ती देशहरूका सैन्य अखडामा आक्रमण गर्ने धम्की दिएको बेलायती पत्रिका द गार्डियनले जनाएको छ। इरानले शुक्रबार भएको इसराइल हमलाको जबाफमा शनिबार जेरूसलेम र तेल अभिभ लगायतका क्षेत्रमा मिसाइल र रकेट प्रहार गरिरहेको छ। […]