रास्वपा सप्तरीका केही नेता कार्यकर्ता जसपा नेपाल प्रवेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रास्वपा सप्तरीका केही नेता कार्यकर्ता जसपा नेपाल प्रवेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विष्णुपुर गाउँपालिका नेता मुनिलाल खंगसहित केही कार्यकर्ता शनिबार परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीलाई माला र टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन् । तत्कालीन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्वअध्यक्ष उनी केही दिनअघि रास्वपा प्रवेश गरी स्थानीयस्तरमा सक्रिय हुँदै आएका थिए ।

सप्तरी क्षेत्र नम्बर ३ को जमुनी मधेपुरामा शनिबार आयोजित अगुवा कार्यकर्ता भेटघाटका क्रममा खंगसहित कार्यकर्ता तथा समर्थकहरू पार्टीमा प्रवेश गरेसँगै त्यस क्षेत्रमा जसपा नेपाल झन् बलियो भएको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले बताए । मधेस र मधेसी जनताको हक अधिकारका लागि जनता समाजवादी पार्टी नेपाल लड्दै आएको तथा मधेसी जनताको भविष्य पनि यसमै रहेकोले आफू जसपा नेपालमा प्रवेश गरेको खंगले बताए । सप्तरी जिल्ला विकासको दृष्टिकोणले अझै पछाडि रहेकोले विकास र समृद्धिका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आआफ्नो स्थानबाट भारी मत दिएर आमजनताले सहयोग गर्न समेत उनले आग्रह गरे ।