जेन-जी आन्दोलनमा बालेन पश्चिमाको गोटी बने: दुर्गा प्रसाईँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जेन–जी आन्दोलनमा पश्चिमाको गोटी बनेर पर्दा पछाडिबाट खेलेको आरोप लगाएका छन्। विजय दशमी, तिहार तथा छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रसाईँले हालैको जेन–जी आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले आन्दोलन सुरुमा समयसापेक्ष र विचारपूर्ण भए पनि पछिल्लो चरणमा ‘पश्चिमी हस्तक्षेप’का कारण यसको स्वरूप […]

नवरात्रको अन्तिम दिन आज : सिद्धिदात्री देवीको विशेष पूजाआराधना गरिँदै

आश्विन शुक्ल नवमीका दिन आज नवरात्रको अन्तिम दिनका अवसरमा नवदुर्गामध्ये नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। वैदिक सनातन परम्पनाअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा देवी सिद्धिदात्रीको आराधना गर्ने चलन रहिआएको छ। मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने भएकाले उनी ‘सिद्धिदात्री’ नामले चिनिन्छिन्। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई ‘सिद्धिदायिनी’ पनि भनिन्छ। धार्मिक विश्वासअनुसार […]

जेनजी प्रदर्शनपछि माडागास्कर राष्ट्रपतिद्वारा सरकार विघटन, नयाँ प्रधानमन्त्रीका लागि आवेदन खुला

लगातार पानी र बिजुलीको आपूर्ति संकटका कारण उत्पन्न असन्तोषपछि भएको व्यापक जनप्रदर्शनका बीच माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले आफ्नो सरकार विघटन गर्ने घोषणा गरेका छन्। सार्वजनिक रूपमा ‘जेनजी आन्दोलन’ नाम दिइएका यी प्रदर्शनहरूमा हजारौँ युवा प्रदर्शनकारीहरू गत हप्ता बिहीबारदेखि सडकमा उत्रिएका थिए। भीषण प्रदर्शनका क्रममा हालसम्म कम्तीमा २२ जनाको मृत्यु र १०० जना भन्दा बढी घाइते […]

नयाँ कुमारीकाे विधिवत रूपमा आसन ग्रहण (तस्बिरसहित)

 स्थानीय इटुम्बहालकी साढे २ वर्षीया आर्यतारा शाक्यलाई विधिवत रूपमा जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ । नवघोषित कुमारी शाक्यलाई मंगलबार मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो । विशेष बाजागाजासहित कुमारी घरमा विधिवत रूपमा आसन ग्रहण गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराउने तयारी गरिएको छ […]

समुन्नत राष्ट्र निर्माणमा सघाउन नेता नेपालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विविधताले भरिपूर्ण नेपाली समाजमा सबै जाति तथा समुदायका संस्कृतिको संरक्षणबाट एकापसमा सहयोग, सद्भाव र सामाजिक एकता अभिवृद्धि हुने बताएका छन् । बडा दसैँका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले स्वदेश तथा तथा विदेशमा रहेका सम्पूर्ण नेपाली शुभकामना व्यक्त गर्दै समुन्नत नेपाल निर्माणका निम्ति सबैले आ-आफ्नो क्षेत्रबाट […]

दसैँ बिदामा पनि श्रम स्वीकृति जारी गरिने

वैदेशिक रोजगार विभागले दसैँको बिदामा समेत श्रम स्वीकृति जारी गर्ने भएको छ । त्यसका लागि डेडिकेटेड कर्मचारीहरूको व्यवस्थापन गरिएको विभागले जनाएको छ । दसैँको बिदामा श्रम स्वीकृति जारी गर्नका लागि एक जना उपसचिवसहित सात जना कर्मचारीलाई राखिएको विभागको भनाइ छ । दसैँ बिदामा श्रम स्वीकृति जारी गर्नै पर्नेको हकमा ती कर्मचारीले श्रम स्वीकृति दिनेछन् । […]

दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायाको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरूको सुझाव छ । चिकित्सकहरू मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफैँमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरूको भनाइ छ । […]

तालिबानले इन्टरनेट बन्द गरेपछि अफगानिस्तानमा दूरसञ्चार ठप्प

अफगानिस्तानमा तालिबान सरकारले देशभर सञ्चार सेवा बन्द (ब्ल्याकआउट) गरेको छ। ‘अनैतिकता’ नियन्त्रण गर्ने भन्दै तालिबानले केही हप्ताअघिदेखि फाइबर-अप्टिक इन्टरनेट तारहरू काट्न सुरु गरेको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्महरूले राजधानी काबुलस्थित आफ्ना कार्यालयहरूसँग सम्पर्क गुमाएको बताएका छन्। अफगानिस्तानभरि मोबाइल इन्टरनेट र स्याटेलाइट टिभी सेवाहरू पनि प्रभावित भएका छन्। सन् २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबानले आफ्नो इस्लामी सरिया कानुनको […]

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष […]

चीनमा एकै परिवारका ११ जनालाई मृत्युदण्डको सजाय, कारण के हो ?

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार म्यानमारमा ‘स्कैम सेन्टर’ सञ्चालन गरेको आरोपमा देशको एक अदालतले माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। यस परिवारका दर्जनौं सदस्यहरू आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको छ र अरू धेरैलाई लामो जेल सजाय सुनाइएको छ। यो चिनियाँ माफिया परिवारले म्यानमार-चीन सीमा नजिकै अवस्थित सानो म्यानमार शहर लौक्काईलाई नियन्त्रण गर्ने चार […]