अवैध उत्खननमा संलग्न टिपर र जेसीवी सुर्खेत प्रहरीको नियन्त्रणमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सुर्खेतमा अवैध उत्खननमा संलग्न एक दर्जन बढी टिपर र जेसीवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार १२ टिपर, २ जेसीवी, २ ट्याक्टर र १ स्काभेटर नियन्त्रणमा लिइएको छ।

यी निर्माण सामग्रीलाई भेरीगंगा र लेकवेशी नगरपालिका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको उनले बताए।

‘अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा खनेको पाइएपछि हामीले गएराति नियन्त्रण लिएको हो,’ बुढापाले भने, ‘थप अनुसन्धान भइरहेको छ ।