बिना परामर्श केन्द्रीय समिति बिस्तारले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ : कोइराला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् ।

उनले भनेका छन्– ‘संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर लोक रिझ्याई (पपुलिज्म) को नाममा चौतर्फी हाम्रा आदर्श, मूल्य र सिद्धान्त माथि आक्रमण भइरहँदा पनि हामी गुट उपगुटमा विभाजन हुनु उदेक लाग्दो अवस्था हो, यसको अन्त्य जति छिटो हुन्छ नेपालको लोकतान्त्रिक पद्धतिले आफ्नो मौलिक मूल्य त्यति छिटो भेट्छ ।’

कांग्रेससँग आबद्ध हजारौँ युवा, संघर्षशिल, त्यागी समूहको राजनीतिक भविष्य र राष्ट्र निर्माणमा तिनको भूमिकालाई भावनात्मक एकताले मात्र सुनिश्चित गर्ने उनको भनाइ छ ।