बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम गर्न अनुरोध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम परिमार्जन गरी खरिद सम्बन्धी काम कारबाही गर्न अनुरोध गरेको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले सम्बन्धि सबै सार्वजनिक निकायहरुलाई सो आग्रह गरेको हो ।

कार्यालयले सार्वजजिक खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भई कार्यान्वयनमा आइसकेको स्मरण गराउँदै नमुना बोलपत्र सम्बन्धी कागजातहरु तयार भइरहेको समेत जनाएको छ ।

कार्यालयले नमुना बोलपत्र सम्बन्धी कागजातहरु तयार नभएसम्म अध्यादेश बमोजिम परिमार्जन गरी खरिद सम्बन्धी काम कारबाही गर्न अनुरोध गरेको हो ।

682900491_2007366146835640_7012717088587279216_n