सुमन सायमी सहितका अगुवाहरू नेकपा प्रवेश

 राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा गुठी आन्दोलनका अगुवा सुमन सायमी सहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता समायोजन कार्यक्रममा सायमीले एकता सहमतिमा हस्ताक्षर गरी नेकपा प्रवेश गरेका हुन् । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा गुठी आन्दोलनका अगुवा सुमन सायमी सहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । […]

नेपाली कम्युनिस्ट पार्टीसँग पार्टी एकीकरण हुँदैन : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अन्य कुनै पनि दलसँग एकीकरण हुने हल्ला भ्रामक र असत्य भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टी एकीकरणबारे चलेका हल्लाको खण्डन गरेका हुन्। घिसिङले आफ्नो नाम र पार्टीलाई जोडेर अन्य दल, विशेष गरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने प्रचार पूर्ण रूपमा निराधार रहेको स्पष्ट […]

भारतमा ‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन

डेलिभरी कामदारको सुरक्षामा चिन्ता व्यक्त गर्दै भारत सरकारले सबै क्विक–कमर्स प्लेटफर्मलाई ‘१० मिनेटभित्र डेलिभरी’ दिने वाचा हटाउन निर्देशन दिएको छ । सङ्घीय श्रम मन्त्रालय र कम्पनीका प्रतिनिधिहरूबिचको छलफलपछि यस्तो निर्णय गरिएको हो । यस्तो सेवा दिएर कम्पनीहरूले कामदारको काम गर्ने वातावरण खतरनाक बनाएको भन्दै देशभरमा विरोध प्रदर्शन भएको थियो । छिटो डेलिभरीको प्रलोभन देखाएर गिग कामदारमाथि […]

ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत

“ढुङ्गे साँघुको मेलामा… भेट भएको बेलामा” देउराली ब्याण्डको यो कालजयी लोकपप गीतले धेरैलाई ‘नोस्टाल्जिक’ बनाउँछ । तर यो गीतका शब्दमा मात्र सीमित छैन, पोखरा महानगरपालिका–१७ महतगौँडास्थित सेती नदीको किनारमा रहेको ढुङ्गेसाँघुले पोखराको आदिम इतिहास, भूगोल र धार्मिक आस्थाको एक विशाल कालखण्ड पनि बोकेको छ । हरेक वर्ष माघ १ गते लाग्ने माघेसङ्क्रान्ति मेला यहाँको केवल […]

गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा हवाई आक्रमणका कारण एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले जनाएको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरले संयुक्त राष्ट्रसङ्घको पत्रकारहरुसँगको नियमित साक्षात्कारमा ’अक्टोबरको सुरुमा भएको युद्धविराम पछि गाजामा एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै त्यो युद्धविराम पछि […]

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु, के होला निर्णय ?

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा सुरु भएको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि अन्तिम होमवर्क गरिरहेका बेला संस्थापन समूहको आह्वानमा बैठक सुरु भएको हो । नेताहरूले विशेष महाधिवेशन पक्षधरलाई बैठकबाट कारबाही गर्नेसम्मको तयारी भएको बताएका छन् । यस्तो स्थितिमा सानेपा बैठकले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ ।

तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित

 । नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाका कुनै समय स्थानीय समुदायको व्यापार, आवतजावत तथा सांस्कृतिक सम्बन्धको प्रमुख आधार थियो । पुस्तौँदेखि स्थानीयले यही नाकामार्फत नुन, ऊन, खाद्यान्नलगायतका सामग्रीको नियमित कारोबार गर्दै आएका थिए । सन् २०२० मा कोभिड–१९ महामारीयता तिङ्कर नाका नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन । नाका बन्द रहँदा स्थानीय व्यापार ठप्पजस्तै […]

भूपेन्द्र बडुवाल हत्याकाण्डमा १३ जना दोषी ठहर

कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की चौहाराका भूपेन्द्र बडुवालको हत्या घटनामा कैलाली जिल्ला अदालतले १३ जनालाई दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले ६ जनालाई जीवित रहेसम्म (आजीवन) र सातजनालाई जन्मकैदको फैसला गरेको हो । प्रतिवादी नविन रावल, आर्यन देवकोटा, रोशनबहादुर शाही अनुज भन्ने चिरञ्जीविजंग शाही, रोहित आले र हिमाल शाहीलाई मुलुकी अपराध संहिता २०७४ […]

विशेष महाधिवेशन : गगन-विश्वको प्रतिवेदन बन्दसत्रबाट पारित

नेपाली कांग्रेसको विशे‍ष महाधिवेशनको बन्दसत्रले महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदनलाई पारित गरेको छ । सोमबार र आज मंगलबार दिनभर प्रतिवेदनमाथि छलफल गरिएको थियो । छलफलपछि अन्तिममा महामन्त्री थापा र शर्माले त्यसमाथि थप प्रष्ट पारेका थिए । लगत्तै उनीहरूले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको घोषणा गरियो ।थापाले राजनीतिक प्रतिवेदन र शर्माले बदलिएको […]

सहमहामन्त्रीमा दुई जनाले गराए मनोनयन दर्ता

 नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा दुई जनाले सहमहामन्त्रीमा मनोनयन दर्ता गराएका छन् । मंगलबार थारु क्लस्टरबाट डा.गोपाल दहित (बर्दिया) र खसआर्यबाट भरतबहादुर खड्का (डोटी)ले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार सभापति/उपसभापति/महामन्त्रीमा अहिलेसम्म कसैको पनि मनोनयन दर्ता भएको छैन ।