आगामी वर्षको बजेट बनाउन अर्थ मन्त्रालय नयाँ सरकार कुर्दै
काठमाडाैं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन करिब दुई महिना बाँकी छँदा अर्थ मन्त्रालयले बजेट निर्माणको तयारीलाई तीब्र पारेको छ । यस पटकको बजेट नयाँ बन्ने बालेन्द्र शाह नेतृत्वको सरकारको आर्थिक नीति र सत्ता समीकरणको प्रमुख घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रमा केन्द्रित रहने अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका हुन् । उनीहरुले […]
शिलालेख स्तम्भ अनावरण

पोखरा, चैत ११ गते ।पोखरा–७ मासबारमा रहेको श्रीकृष्ण माध्यामिक विद्यालयले शिलालेख स्तम्भ अनावरण तथा कक्ष उद्घाटन गरेको छ । महायज्ञ गरि विद्यालयमा निर्माणको क्रममा सहयोग गरेका चन्ददाताको शिलालेख बुधबार विधिवत रुपमा अनावरण गरिएको हो । शिलालेखको वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभाचन्द्र बराल लगायतले अनावरण गरेका थिए । वडा […]
मधेस प्रदेशमा एसइई तयारी तीव्र, ८७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि मधेस प्रदेशमा तयारी तीव्र पारिएको छ । यस वर्ष प्रदेशभरबाट ८७ हजार ५९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् शिक्षा विकास निर्देशनालय, मधेस प्रदेशका अनुसार परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन प्रदेशभर २९९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । ती केन्द्रहरूमा एक […]
ट्रम्पको अभिव्यक्तिपछि एसियाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट
एसियाली बजारमा बुधबार बिहानै कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता भइरहेको अभिव्यक्ति दिएसँगै तेलको मूल्य ह्वात्तै घटेको हो। अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइले कच्चा तेलको मूल्य घट्यो। इरानसँगको युद्ध अन्त्यका लागि वार्ता भइरहेको खबरले बजारमा उत्साह थप्यो। ब्रेन्ट क्रुडको मूल्य ६.५% र अमेरिकी तेलको मूल्य ६% […]
दासत्व पीडितहरूको स्मृति दिवस आज, संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा विशेष स्मृतिसभा हुँदै
आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस, मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ । काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस, मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ […]
रात्रिकालीन दौडमा वडाध्यक्षहरूद्वारा सहयोग र समन्वयको प्रतिबद्धता
नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका साथ लाग्ने धारणा व्यक्त गरे । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा केही व्यवसायी चौबिसै घण्टा […]
इच्छामृत्यु अनुमति पाउने भारतका पहिलो व्यक्ति हरिश राणाको निधन
काठमाडौं । भारतमा निष्क्रिय इच्छामृत्युका लागि अनुमति पाउने पहिलो व्यक्ति हरिश राणाको मंगलबार नयाँ दिल्लीको एम्समा निधन भएको छ । गत ११ मार्चमा भारतको सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै उनलाई निष्क्रिय इच्छामृत्युको अनुमति दिएको थियो। समाचार संस्था पीटीआईका अनुसार ३१ वर्षीय राणा सन् २०१३ देखि अचेत अवस्थामा थिए। उनलाई मार्च १४ मा गाजियाबादस्थित घरबाट उक्त […]
उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उनीहरूले उपराष्ट्रपति यादवसँग मंगलबार सामूहिक भेट गरेका हुन्। भेटमा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच शुभकामना आदान–प्रदानपश्चात देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको […]
अबको सरकार बढीमा १८ मन्त्रालयमा सीमित हुन्छः नेता झा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले आगामी सरकारले सानो मन्त्रीमण्डल बनाउने बताएका छन्। त्रिवि पत्रकरिता तथा आम सञ्चार विभाग र युनेस्कोद्वारा मंगलबार राजधानीमा आयोजित दक्षिण एसियामा अभिव्यक्त स्वतन्त्रता र सूचनाको पहुँच विषयक छलफल कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्। अब बन्ने सरकारमा बढीमा १८ वटा मात्र मन्त्रालय हुने उनको भनाई छ। उनले भने– […]
कांग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने
ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले यही चैत २१ गतेदेखि महाधिवेशन तयारीको कार्यतालिका प्रस्तुत गर्दै आगामी भदौ २६ गते सम्पन्न गर्ने कार्यतालिका पेश गरेका […]