भोटेकोशी बाढीमा बेपत्ता परिवारका सदस्यको कुशको शव बनाएर अन्तिम संस्कार (फोटोफिचर)

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफन्तको आठौँ दिनसम्म पनि शव नभेटिएपछि हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ।

पत्रकार निराजन पौडेलका आमा–बुवा, बहिनी तथा काका–काकीको तारकेश्वरस्थित रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा कुशको शव बनाएर दाहसंस्कार गरिएको हो।

बाढीमा अझै धेरै बेपत्ता छन्। आफन्तको शवसमेत फेला नपरेपछि परिवारजनले परम्पराअनुसार अन्तिम संस्कार गर्न बाध्य भएका हुन्।