स्रोत नखुलेको १० लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

प्रहरीले काठमाडौँको ठमेलबाट स्रोत नखुलेको १० लाख नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५३ वर्षीय चिनियाँ नागरिक तान जियाङ छन् । अन्तरदेशीय रकम लेनदेन (हुण्डी कारोबार) गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । चीनको हुवान घर भएका जियाङ आइतबार पक्राउ परेका हुन् […]

यातायात क्षेत्रमा सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

सर्वोच्च अदालतको आदेश कार्यान्वयनसम्बन्धी यातायात क्षेत्रको प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको छ । यातायात क्षेत्रमा सर्वोच्च अदालतले दिएका आदेशहरू कार्यान्वयनको अवस्था, विद्यमान समस्याहरू र आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन सोमबार जाँचबुझ आयोगले बुझाएको हो । मन्त्रिपरिषद्को गत मंसिर २२ गतेको निर्णयअनुसार जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम यातायात क्षेत्रसम्बन्धी सर्वोच्च […]

सैन्य सुरक्षामा स्ट्रेट अफ हर्मुज खोल्नु राम्रो विकल्प होइन–आईएमओ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा सैन्य सुरक्षामा जहाजहरू आवागमन गराउन भनिरहेका छन् । उनको यस योजनामा देशहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । यसैबिच संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)ले यसरी हर्मुजबाट जहाजहरू आरपार गराउनु दिगो वा सुनिश्चित सुरक्षा उपाय नभएको बताएको छ । सैन्य कूटनीतिक मार्गदर्शनले जोखिम घटाउने भए पनि जहाजहरूको १०० […]

पूर्वमन्त्री श्रेष्ठविरुद्धको मुद्दामा पेसी तोकियो

पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्धको लिचीबारी घुस प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतले श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सो उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न […]

अवरोध गरिएको क्षेप्यास्त्रको भग्नावशेष खस्दा युएईमा एक जनाको मृत्यु

आबुधाबीमा अवरोध गरिएको मिसाइलका टुक्रा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार संयुक्त अरब इमिरेट्सको राजधानीस्थित बनियास क्षेत्रमा खसेको मिसाइलको भग्नावशेष लागेर एक पाकिस्तानी नागरिकको ज्यान गएको हो । युएईमा मंगलबारदेखि लगातार सुरक्षा चुनौती देखिएको छ । रिपोर्टहरूका अनुसार अबुधाबी बाहिरको विशाल शाह ग्यास क्षेत्र र फुजैराह तेल उद्योग क्षेत्रमा ड्रोन […]

जेनजी आन्दोलनले मुलुकको निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

सरकारले गत भदौमा भएको ‘जेन–जी’ आन्दोलनका कारण मुलुकको निजी क्षेत्र थप संकटमा परेको निष्कर्ष निकाल्दै विशेष राहत र पुनर्निर्माण कार्ययोजना सार्वजनिक गरेको छ। २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा व्यापक भौतिक क्षति भएपछि सरकारले तयार गरेको पुनर्निर्माण र पुनर्व्यवस्थापन सम्बन्धी विस्तृत प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। कोभिड–१९ पछिको कमजोर अर्थतन्त्र र बाह्य […]