अफगानिस्तानमा भूकम्प, ८०० बढीको मृत्यु

पूर्वी अफगानिस्तानमा गएको भूकम्पमा परी ८०० भन्दा बढीको ज्यान गएको छ। ६.० म्याग्निच्युडको उक्त भूकम्प ८ किलोमिटर (५ माइल) को गहिराइमा गएको थियो। यस्तो भूकम्प बढी विनाशकारी हुने गर्छ। यसले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्मका भवनहरूलाई हल्लाएको एक प्रारम्भिक रिपोर्टमा संयुक्त राष्ट्रसंघको मानवीय सहायत एजेन्सीले जनाएको छ। दुर्गम क्षेत्रहरूमा क्षतिको आकलन गर्न गाह्रो भइरहेको जनाइएको छ। […]

किम जोङ उन‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे

 उत्तर कोरियाली नेता किम जोङ उन चीनमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन रेलमार्गबाट गएका छन्। बेइजिङ बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा किम चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग देखा पर्नेछन्। सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन हाल चीन भ्रमणमा रहेकाउक्त सैन्य परेड समारोहमा नेपालका प्रधानमन्त्री केपी […]

एमाले विधान महाधिवेशन : ‘क्युआर कोड स्क्यान’ गरेर मात्र प्रवेश पाइने

विधान महाधिवेशनको तयारी तीव्र पारेको एमालेले प्रतिनिधिलाई ढोकामा परिचयपत्रमा रहेको ‘क्युआर कोड स्क्यान’ गरेर मात्र प्रवेश गर्न दिने भएको छ । गोदावरीस्थित सनराइज हलमा प्रवेशका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । विधान महाधिवेशनमा दुई हजार ३३ प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुनेछन् । एमालेले १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै आगामी विधान […]

फेवामा हाम फालेकी महिलाको सकुशल उद्घार

फेवातालमा हाम फालेकी महिलाकाे  सकुशल उद्धार भएको छ । पोखरास्थित फेवातालमा आज बिहानै हाम फालेकी महिलालाई प्रहरीले सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मकवानपुर घर भई पोखरा-६ लेकसाइड बस्ने अन्दाजी ४५ वर्षीया हीरा नेगी फेवातालमा हाम फालेकी हुन् । फेवातालमा हाफालेकी उनी काठको मुढामा अड्किएको जानकारी प्राप्त हुनासाथ […]

आज यी स्थानमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर साधारणतया बदली रहने बताएको छ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति देशभर साधारणतया बदली रहने महाशाखाले बताएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका […]

इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएकी बुटवलकी महिला युएईबाट पक्राउ

इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएकी बुटवलकी एक महिला युएईबाट पक्राउ परेकी छिन्। रूपन्देहीको बुटवल उपमहानगरपालिका-१ घर भएकी सरिता घर्ती मगर युएईबाट पक्राउ परेकी हुन्। उनीविरुद्ध ठगी मुद्दामा एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते रेडकर्नर नोटिस जारी गरेको थियो । युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको […]

एक लाख रुपियाँ भन्दा मुनिका बचतकर्तालाई पोखरामा रकम फिर्ता गर्दे इमेज सहकारी

इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाख रुपियाँमूनि बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न शुरु गरेको छ । बागलुङका एक लाखमूनि बचत रहेका छसय १३ बचतकर्ताको रकम फिर्ता गरिसकेको उक्त सहकारीले पोखरा शाखाका एकसय ५८ जनाको रकम फिर्ता गर्न शुरु गरेको हो । सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले पोखरा शाखामा पांच […]

कञ्चनपुरमा बाढीले सशस्त्र प्रहरीका दुई बिओपी डुबानमा

चार दिनदेखिको वर्षाले कञ्चनपुरको पश्चिम भूगोल दोधाराचाँदनी नगरपालिकामा रहेको जगबुढा नदीमा आएको बाढीले बस्तीसँगै दुई सशस्त्र प्रहरी बलका बोर्डर आउट पोस्ट (बिओपी) डुबानमा परेका छन्। दोधाराचाँदनी नगरपालिका– ७, कञ्चनभोज र १० सुन्दरनगरमा रहेका बिओपी डुबानमा परेका हुन्। जगबुढा नदीको बहाब बढेपछि दोधाराचाँदनी– ३ पटराखल्लामा बाँध भत्किएर नदी गाउँ पसेको हो। नदी गाउँ पस्दा सुन्दरनगर, कुतियाबर कञ्जनभोज, […]

भदौ २२ गते खग्रास चन्द्रग्रहण लाग्ने

भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास ९पूरै ढाकिने० चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ ।राति ११ः ५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः ४१ बजे ग्रहण सकिने […]

पोखरामा आमा समूह र टोलबीच अन्तरक्रिया तथा चेलीबेटी भेटघाट कार्यक्रम

पोखरा,पोखरा–१४ शिवमार्ग “क” टोलमा मिलनसार आमा समूह र सुसेली आमा समूहको संयुक्त आयोजनामा आमा समूह र टोलबीच अन्तरक्रिया कार्यक्रम तथा चेलीबेटी भेटघाट कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम आगामी शनिबार बिहान ११ बजे शिवमार्ग “क” टोलको सामुदायिक भवनमा हुने छ। आयोजक समितिले कार्यक्रममा सम्पूर्ण दिदीबहिनीहरूको सक्रिय सहभागिता रहोस् भनी उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।