मन्त्रिपरिषद्को टुंगो लागेको छैन , मिडिया ट्रायल नगर्नु : रवि लामिछाने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले थप अनुशासित, निष्ठावान् एवं इमानदार हुनुपर्नेमा जोड दिएका छन् । सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट व्यवहार, बोली एवं वचनलाई आत्मसात् गरी नागरिकको अपेक्षाअनुरूप जिम्मेवारी बहन गर्न उनले निर्देशन दिएका हुन्।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले  कार्यशैलीमा अझै सुधार गर्न जोड दिएका हुन्।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै यसले संगठनको समग्र श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको उनको भनाइ थियो । । प्रहरीको धर्म र कर्म नै प्रहरी कार्य भएको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी क्षेत्रको विस्तृत जानकारी राखी योजनाबद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउँदै लैजानुपर्ने  बताए।

प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने  बताए । सीमानाकामा हुन सक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, हातहतियार बरामदलगायतमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न उनले निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै आगामी दिनहरूमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता प्रदर्शन गर्दै कार्य गर्नुपर्ने तथा हिरासत व्यवस्थापनमा समेत विशेष सतर्कता अपनाउन पनि उनले भनेका छन्।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर र प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बरबहादुर विकले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरूलगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

महानिरीक्षक कार्कीले हालै काजसरुवा भई आ–आफ्नो कार्यक्षेत्र जान लागेका प्रहरी नायब उपरीक्षक तथा प्रहरी निरीक्षकहरूलाई उत्कृष्ट कार्य सफलताको शुभकामना दिनुका साथै समसामयिक विषयमा निर्देशन दिएका छन्।