मन्त्रिपरिषद्को टुंगो लागेको छैन , मिडिया ट्रायल नगर्नु : रवि लामिछाने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री नियुक्ति प्रक्रिया अझै अन्तिम अवस्थामा नपुगेको भन्दै सांसदहरूलाई यस विषयमा मिडियामा अनुमान वा दबाब सिर्जना नगर्न निर्देशन दिएका छन्।

पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापतिले मन्त्री बनाइदिनुहोस् वा ‘फलानो मन्त्री’ भनेर प्रचार नगर्न आग्रह गरेका हुन्

उनले स्पष्ट पारे, “अहिलेसम्म क–कसलाई मन्त्री बनाउने भन्ने निर्णय भएको छैन, पार्टीले आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र निर्णय हुनेछ।”

पार्टीले प्रत्येक सांसदको क्षमता, दक्षता र संगठनमा योगदान मूल्यांकन गरी निर्णय गर्ने उनले बताए। कुनै पनि पूर्वनिर्धारित सुझाव वा दबाबको आवश्यकता नरहेको उनले बताए।

साथै सभापतिले आफू लोकतान्त्रिक व्यवस्थाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र संविधान तथा वर्तमान व्यवस्थामा विश्वास कायम रहेको पनि व्यक्त गरे। उनले आवश्यक सुधारहरू समयानुसार लागू गर्नुपर्ने बुँदामा ध्यान दिने बताए।