समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति बनाऔँ: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन् । उनले देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको मार्ग पहिल्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले […]

ट्रम्प मध्यावधि चुनावबाट बलियो बन्ने मिलेईको आशा

अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावबाट राष्ट्रपति डोनाल्ड ट्रम्प थप बलियो भएर उदाउने आशा व्यक्त गरेका छन्। उनले ट्रम्पको चुनावी सफलता अमेरिका मात्र नभई समग्र पश्चिमी जगत्का लागि महत्त्वपूर्ण हुने बताए। बुधबार आयोजित हिस्पानिक हेरिटेज गालामा बोल्दै मिलेईले गोलार्धमा आफ्नो पक्षको पुनःविजयका लागि कुनै पनि अवसर गुमाउन नहुने बताए। “जित्नु पहिलो […]

विगतका आधारमा व्यक्तिको सम्पूर्ण भविष्यको फैसला गर्न मिल्दैन : रास्वपा सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले व्यक्तिको विगतका घटनाका आधारमा उसको सम्पूर्ण भविष्यको फैसला गर्न नहुने बताएकी छन्। उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै धितालले सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको विगत परीक्षण हुनुपर्ने भए पनि त्यसक्रममा उसले पछिल्लो समय गरेको परिवर्तन, व्यवहार, जिम्मेवारी र योगदानलाई समेत मूल्याङ्कन गर्नुपर्ने बताएकी हुन् […]

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन ‘टिकटिङ’ सुरु

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई लक्षित गर्दै बिहीबारदेखि अनलाइन टिकटिङ सेवा सुरु भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले निकुञ्ज भ्रमणमा जाने पर्यटकको सहजताका लागि डिजिटल सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। मन्त्रालयका अनुसार पहिलो चरणमा चितवनबाट थालिएको यो सेवा आगामी दिनमा बर्दिया र सगरमाथा राष्ट्रिय निकुञ्जमा समेत विस्तार गर्ने तयारी गरिएको छ।

फ्रान्सका सुपरमार्केट भित्रका फ्रिजमा साइबर आक्रमण, तापक्रम ५० डिग्रीसेल्सियससम्म पुग्दा विश्वभर खैलाबैला

साइबर आक्रमणकारीले फ्रान्सका सयौँ सुपरमार्केटका फ्रिज तथा फ्रिजर नियन्त्रण प्रणालीमा हस्तक्षेप गरी तापक्रम बढाइदिँदा ठूलो परिमाणमा खाद्य सामग्री नष्ट भएको छ। अक्टोबर ११ र १२ को राति भएको आक्रमणबाट ताजा मासु, दुग्धजन्य पदार्थ तथा जमाएर राखिएका खाद्य सामग्री बिग्रिएका छन्। प्रारम्भिक अनुमानअनुसार यसबाट करोडौँ युरो बराबरको क्षति भएको छ। यो आक्रमणले साइबर अपराधको जोखिम बैंक, […]

भरतपुर आगलागी घटना : मृतकको परिवारलाई १० लाख किरिया खर्च

गत भदौ २६ गते बिहान चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको घटनामा सम्बन्धित गाडी कम्पनीले मृतकको परिवारलाई १० लाख रुपैयाँ दिएको छ । जीएसी आयोन ईभी आगलागी  भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोक नजिकै पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा भएको थियो । उक्त आगलागीबाट भरतपुर–१२ का ५६ वर्षीय अमर पराजुलीको ज्यान […]

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको सङ्ख्या ९ पुग्यो, थप चार पालिकालाई मन्त्रालयले दियो स्वीकृति

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ। मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो।यससँगै स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको सङ्ख्या नौ पुगेको […]

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने […]

जनगुनासो सम्बोधन गर्न रास्वपालाई चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठुलो तामझाम, सामाजिक सञ्जालमा व्यापक प्रचार र आकर्षक नाराका साथ देशव्यापी रूपमा सञ्चालन गरेको ‘हामी आउँदै छौं’ अभियान मंगलबार सकिएको छ। असोज २० गते धादिङबेंसीबाट सुरु भई २७ गते सम्पन्न भएको अभियानमा रास्वपाले आफ्ना सांसद र केन्द्रीय सदस्यलाई विभिन्न जिल्ला र स्थानीय तहमा खटाएको थियो। अभियानका क्रममा सहभागी सांसद तथा […]

फर्सेका बाढी पीडितलाई दसैँको रौनकले छोएन

नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ। कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दसैँका लागि भेडाच्याङ्ग्राको जोहो गरिँदैछ। चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका-८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन। यही असोज ८ देखि ११ गतेसम्मको अविरल […]