गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

६ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बीमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बीमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बीमाप्रतिको आकर्षण बढ्न थालेको हो । पछिल्लो तथ्याङ्कअनुसार हाल एक लाख ३१ हजार १२७ जना स्वास्थ्य […]
सुनिल पौडेलसहित १८ जना विरुद्धको भ्रष्टाचार मुद्दाकाे सुनुवाइ स्थगित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि तोकिएको पेसी प्रतिवादी तर्फका कानुन व्यवसायीले स्थगित गराएका हुन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेलसमेतले नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने […]
सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन् । विसं २०४८ देखि नै यही मुद्दाको सम्बोधन हुने आशामा यहाँका मतदाताले धेरै उम्मेदवारलाई भोट हालिसकेका छन् । तर सुरौदी खोला कटान पीडितका समस्या अहिले पनि ज्यूँका त्यूँ छ । कास्की, स्याङ्जा र तनहुँ तीन जिल्ला हुँदै […]
ट्रम्पको ‘ट्यारिफ वार’लाई भारतको जवाफ

भारतले अमेरिकामा आफ्नो सामान बेच्नका लागि ५० प्रतिशत कर (ट्यारिफ) तिर्दैछ भने युरोपेली युनियन (ईयू) का २७ देशहरूमा १५ प्रतिशत मात्र। यसैबिच भारत र ईयूले ‘मुक्त व्यापार सम्झौता’ (फ्रि ट्रेड एग्रिमेन्ट – एफटीए) को घोषणा गरेका छन्, जसलाई अमेरिकाका लागि एक सन्देशको रूपमा हेरिएको छ। यसलाई लिएर अमेरिका आक्रामक देखिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले […]
स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको राखिएकाे छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो । सुरक्षाका दृष्टिले जिल्लाका मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेर सूची निर्धारण गरेर केन्द्रमा सिफारिस गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख […]
कम्बोडिया–थाइल्यान्ड बिचकाे आरबीसी सचिवालय बैठक सीमा विवादबारे सहमति जुटाउन असफल

कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने बैठक दुई पक्षबिच कुनै पनि सहमति जुटाउन असफल भएको छ । कम्बोडियाका रक्षा प्रवक्ता माली सोचेटाले साे कुराकाे जानकारी दिएकी छन् । कम्बोडियाको बान्टे मिन्चे प्रान्त र थाइल्यान्डको सा काओ प्रान्तबिचको पोइपेट अन्तर्राष्ट्रिय सीमामा आयोजित यो बैठक कम्बोडियाको पाँचौं सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबिच आसियान […]
चुनाव आइसक्यो, संसद् भवनको छैन टुङ्गो (तस्बिरहरू)

जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोड गरिएको बानेश्वरको संसद् भवन अहिले खण्डहर बनेको छ । रातो स्टिकर टाँसिएको यो भवनका भित्तामा जेनजीले लेखेका नारा अझै उस्तै छन् भने जलेका भग्नावशेषबाट अझै पनि खरानीको गन्ध आइरहेको छ । भित्र सिसा यत्रतत्र छरिएका छन् भने खरानीको थुप्रो अझै पनि देखिन्छन् ।निकै लामो समयदेखि सिंहदरबार भित्र बनाउन थालिएको […]
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद् पुनःस्थापनाको रिटलाई पेसीमा चढाउन आग्रह गर्ने कार्यक्रम स्थगित भएको छ । उनीहरू आज बिहान १० बजे सर्वोच्च जाने तयारीमा थिए । विघटित प्रतिनिधि सभाको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले विशेष कारणले अदालत जाने कार्यक्रम स्थगित भएको जानकारी दिए । निर्वाचनको समयमा पुनस्थापनाबारे ध्यानाकर्षण गराउँदा […]
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४३, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो […]
राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । आयोगले राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएकाे जनाएकाे छ ।