बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिए

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएनेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाण निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका छन् । आइतबार भएको रुपन्देही जिल्लाअन्तर्गतको बुटवल उपमहानगरपालिका १८ को वडा अधिवेशनबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि छानिएका हुन् ।

वडा अधिवेशनले चिरन्जीवी ढकालको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति पनि निर्विरोध चयन गरेको निर्वाचन अधिकृत विक्रम खड्काले जानकारी दिए ।त्यस्तै,क्षेत्रीय प्रतिनिधिमा चयन हुनेहरूमा विमलप्रसाद ढकाल प्रतिमा खनाल हरिप्रसाद सुवेदीसहित २३ जना छन् ।