महेश भन्छन्: काठमाडौंमा १० औं हजार उतार्छौँ, एमाले के हो ? देखाउँछौँ

नेकपा एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतले बुधबार–बिहीबारभित्रै काठमाडौंमा १० औं हजारको भिड उतार्ने उद्घोष गरेका छन्। मंगलबार जेन–जी आन्दोलनका क्रममा आगजनी गरेर जलाइएको एमाले केन्द्रीय कार्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्। ‘भोलि र पर्सिभित्रै उपत्यका भित्र एउटा विशेष कार्यक्रम गर्छौँ,’ बस्नेतले भने, ‘त्यो कार्यक्रममा १० औं हजार युवा परिचालन गर्छौँ। त्यो […]
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ । मंगलबार साँझ ८ः५० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोला स्थित सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । सडकखण्डमा पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । अहिले एउटा एक्साभेटर प्रयोग गरेर पहिरो […]
दशैँ टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको साइत सार्वजनिक गरेको छ । २०८२ सालको बडादशैँ असोज ६ गते घटस्थापनादेखि सुरु हुन्छ । समितिले १६ गते बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको छ ।
आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो। जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप […]
सुशील बस्नेतद्वारा क्रान्तिकारी योद्धाको त्याग र समर्पणको व्याख्या

पोखरा: नेकपा (एमाले) पोखरा महानगर कमिटीका सचिव सुशील बस्नेतले क्रान्तिकारी योद्धाको जीवन व्यक्तिगत सुख र सपनाको बलिदानमा आधारित हुने बताएका छन्। उनले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणामा एक क्रान्तिकारीले क्रान्तिको मार्गमा हिँड्दा व्यक्तिगत र पारिवारिक जीवनका धेरै पक्षहरू गुमाउनुपर्ने उल्लेख गरेका छन्। बस्नेतले क्रान्तिकारीहरूलाई “विशेष धातुले बनेका” व्यक्तिका रूपमा व्याख्या गर्दै उनीहरूको त्यागको गहिराइलाई उजागर […]
लामो दूरीका बसमा दुई चालक अनिवार्य, उमेर १८ वर्षमाथि हुनुपर्ने

दशैंको समयमा यात्रा सुरक्षित बनाउन सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राख्नु पर्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार मंगलबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने गरी यात्रीबाहेक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य रूपमा राखी आलोपालो सवारी चलाउने व्यवस्था यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक […]
अब ई-७ भिसामा नेपाली कामदार कोरिया जान नपाउने

ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन्। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएसँगै ई-७ भिसामा कोरिया जाने बाटो नखुलेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ। हाल रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली […]
जेनजी आन्दोलन : क्षतिको विवरण संकलन गर्न बागमतीमा चार सदस्यीय उच्चस्तरीय कार्यदल गठन

बागमती प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाको मूल्याङ्कन र पुनर्निर्माणको प्रकृया अघि बढाएको छ। मंगलबार बसेको प्रदेश सचिवस्तरीय बैठकले उच्चस्तरीय कार्यदल गठन गरी तत्काल क्षतिको विस्तृत विवरण संकलन गर्ने निर्णय गरेको हो। प्रदेशका प्रमुख सचिव भुपाल बरालको अध्यक्षतामा बसेको बैठकले पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्रालयहरूबीच सहकार्य र समन्वय अनिवार्य गर्ने […]
सिराहामा विस्थापित १२ प्रहरी युनिट पुनर्स्थापना, स्थानीयले गरे स्वागत

सिराहामा जेन–जी आन्दोलनका क्रममा विस्थापित १२ प्रहरी युनिट पुनर्स्थापना गरिएको छ। अस्थायी प्रहरी बिट फुलबरिया र बाह्रबिघा मात्र पुनर्स्थापना गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी एवं प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयमातहत रहेका ४१ प्रहरी युनिटमध्ये १४ वटा आन्दोलनका क्रममा विस्थापित भएका थिए। इलाका प्रहरी कार्यालय गोलबजार, नरहा, विष्णुपुर, कल्याणपुर, […]
काठमाडौँ उपत्यका छाड्नेको संख्या बढ्यो

यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सबै तयारी भएको जनाएको छ। मंगलबार यातायात विभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि विभागका तर्फबाट सबै तयारी भएको बताएका हुन्। उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि सबै […]