अब कुनै चुनाव नलड्ने पूर्वमन्त्री रमेश रिजालको घोषणा

काठमाडौँ। नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री रमेश रिजालले आगामी चुनावमा आफू सहभागी नहुने स्पष्ट घोषणा गरेका छन्। जगरनाथपुर गाउँपालिका-५, मसिहानीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै रिजालले प्रतिनिधिसभाको निर्वाचनमा पर्सा-४ बाट पराजित भइसकेको स्मरण गर्दै अब चुनाव नलड्ने निर्णय सार्वजनिक गरेका हुन्। रिजालले भने, “अब म चुनाव लड्दिनँ, तर जनताको सेवा जारी राख्नेछु। मेरो शिक्षा र मार्गदर्शन […]

ट्रयाक खुलेको १८ वर्षपछि हाँडेभीर–बगरफाँट–भकिम्ली सडकको स्तरोन्नति

ट्रयाक खुलेको १८ वर्षपछि हाँडेभीर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । विसं २०६४ मा कृषि सडकका रूपमा म्याग्दीको बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली जोड्ने नौ किलोमिटर सडकको ‘ट्रयाक’ खुलेको थियो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रुपमा हाँडेभीर–बगरफाँट–भकिम्ली सडक योजना छनोट भएको हो । सडक […]

पोखराले गुमायो पूर्व मेयर कृष्ण थापा; आज शान्तिवनस्थित महानगर कार्यालयमा अन्तिम बिदाइ, सम्मानमा भोलि सार्वजनिक बिदा

पोखरा । पोखरा महानगरपालिकाका पूर्व मेयर तथा विकासप्रेमी नेता कृष्ण थापाको असामयिक निधनले प्रटकिय राजधानि पोखरा यतिबेला गहिरो शोकमा डुबेको छ। उहाँको निधनको खबरले राजनीतिक वृत्त र आम पोखरेली जनमानसलाई स्तब्ध बनाएको छ। पोखराको विकास र स्थानीय प्रशासनको सुदृढीकरणमा अतुलनीय योगदान पुर्याउनुभएका थापाको सम्मानमा पोखरा महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको छ। महानगरपालिका परिवारले  विज्ञप्ति […]

भाइरल भिडियोबारे सांसद विना गुरुङको स्पष्टीकरण: ‘तामझाम गर्ने मेरो चाहना होइन’

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे प्रतिनिधिसभा सदस्य बिना गुरुङले स्पष्टीकरण दिनुभएको छ। केही व्यक्तिले घेरा हालेर आफूलाई बाहिर लैजाँदै गरेको दृश्य देखिएको भिडियो भाइरल भएपछि गुरुङले सामाजिक संजाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उक्त भिडियोको केवल एक भाग मात्र सार्वजनिक भएको बताउनुभएको हो। गुरुङले आफ्नो स्टाटसमा लेख्नुभएको छ कि फागुन २७ गते कास्की जिल्ला कमिटीले पोखराको सृजनाचोकस्थित […]

एमाले अध्यक्ष ओलीका पिताको निधनमा पोखराका मेयर आचार्यद्वारा दुःख व्यक्त

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका श्रद्धेय पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। मेयर आचार्यले मोहनप्रसाद ओलीको निधनको खबरले आफूलाई अत्यन्तै मर्माहत बनाएको उल्लेख गर्नुभएको छ। उहाँले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेको ओली परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको हो। मेयर आचार्यले फेसवुकमा […]

इन्धन आपूर्ति गर्ने सैन्य विमानका चार क्रु मेम्बरको मृत्यु

इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको अमेरिकी इन्धन आपूर्ति गर्ने सैन्य विमानका चालकदलमध्ये चार जनाको मृत्यु पुष्टि भएको छ । अमेरिकी सेनाको मध्यपूर्व कमान्ड सेन्टकमले शुक्रबार सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै ६ जनामध्ये ४ चालकदल सदस्यको मृत्यु भएको जनाएको हो। दुर्घटनामा परेको विमान बोइङको केसी–१३५ स्ट्राटोट््याङ्कर हो । यस विमानले आकाशमै अन्य लडाकु विमानमा इन्धन भर्ने […]

कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलाे साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले चैत पहिला साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा आफूहरू रहेको जानकारी दिए । ‘निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारीमा हामीहरू लागेका छौँ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, […]

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

 राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी दायरामा ल्याउन, अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्नेतर्फ आवश्यक पहल गर्न र अत्यावश्यकीय वस्तुहरुको आपूर्तिको व्यवस्था अविलम्ब मिलाइ उपभोक्ताको अधिकार संरक्षण गर्न […]

विदेशमा सन्तानः स्वदेशमा अभिभावकको मत परिवर्तन

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीले एउटा नयाँ तर रोचक भाष्य रचना गरिदिएको छ । अभिभावकको खटनपटन र निर्देशनमा रहने सन्तानहरु परिआएको खण्डमा आफ्नो विचार र बुझाइले अभिभावकको सोचाइ र परम्परावादी मान्यतालाई नै परिवर्तन गरिदिन सक्छन् भन्ने नयाँ भाष्य रचना गर्न म्याग्दी सफल भएको हो । लाहुरेहरुको जिल्ला भनेर समेत चिनिने म्याग्दीका […]

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका ८४ इरानी नाविकका अवशेष शुक्रबार इरानतर्फ पठाउने प्रक्रिया सुरु गरेको जनाएको छ । नौ दिनअघि भएको उक्त घटनामा इरानको युद्धपोत डुबेका कारण ठूलो जनधन क्षति भएको थियो । श्रीलङ्काली अधिकारीहरूका अनुसार मार्च ४ मा श्रीलङ्काको समुद्री क्षेत्रमा रहेको इरानी फ्रिगेट ‘आइआरआइएस डेना’ माथि टारपीडो प्रहार हुँदा ती […]