निजी क्षेत्रले सरकारले ल्याएको बजेटमा आफूहरूले उठाएका धेरै विषयहरू सम्बोधन भएको बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि उनीहरुले सरकारले ल्याएको बजेटबाट आफूहरू उत्साहित भएको भन्दै अर्थतन्त्र चलायमान हुने विश्वास समेत व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले निरन्तर उठाउँदै आएका धेरै विषयहरू सम्बोधन भएको बताए । उनले रोजगारी सिर्जना, उत्पादन वृद्धि लगायतका क्षेत्रमा उल्लेख विषयहरू सकारात्मक रहेको धारणा राखे ।
त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रलाई निकै उत्साहित बनाउने खालको रहेको बताए। सरकारले ल्याएको बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कर लगायतका विषयमा सरकारले ल्याएको विषय सकारात्मक रहेको बताए ।
उनले लगानी गर्नका लागि प्रोत्साहन गर्ने गरी सरकारको बजेट आएको धारणा राखे ।