प्रतिनिधिसभा निर्वाचन : विष्णु पौडेलको चुनावी खर्च २८ लाख

फाइल तस्बिर काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ गते भएको निर्वाचनमा २८ लाख रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्। रूपन्देही क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पौडेलले मंगलबार निर्वाचन आयोगमा चुनावमा भएको खर्च विवरण बुझाएका हुन्। पौडेलले बुझाएको खर्च विवरणमा सबभन्दा बढी सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ९७ हजार […]

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो । गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । गृहमन्त्रालयका अनुसार गृहमन्त्री अर्यालले चीनले नेपालको आर्थिक–सामाजिक विकासका […]

रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

त्रिवेणी– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । उनीहरूसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी […]

अर्थ मन्त्रालयले ६ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गर्ने

काठमाडौँ । अर्थ मन्त्रालयले पाँच वर्षे अवधिका लागि ६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण संकलन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ‘विकास ऋणपत्र २०८७’ मार्फत उक्त ऋण उठाउने योजना तयार गरिएको हो। ऋणपत्रको बोलकबोल प्रक्रिया २६ फागुनमा सम्पन्न हुने र निष्कासन २७ फागुनबाट सुरु हुने व्यवस्था रहेको छ। बैंक तथा […]

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कुलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरेको छ । सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको हो । अनुमानित १० वर्षको ६० केजी तौलको चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा […]

एमाले उम्मेदवार प्रदीप ज्ञवालीकाे चुनावी खर्च २६ लाख ७५ हजार

गुल्मी । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा निर्वाचनमा भएको आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिताअनुसार उनले जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग काठमाडौंमा खर्च विवरण पेस गरेका हुन्। पेस गरिएको विवरणअनुसार ज्ञवालीले चुनावी प्रचारप्रसार तथा व्यवस्थापनका विभिन्न शीर्षकमा जम्मा २६ […]

भुटानका प्रधानमन्त्री तोब्गेद्वारा बालेन र रविलाई बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेले नेपालको हालै सम्पन्न आम निर्वाचनमा भारी जनमत प्राप्त गरेको भन्दै रवि लामिछाने र बालेन शाहलाई बधाई दिएका छन्। भुटान का प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सफल निर्वाचनका लागि नेपालका जनतालाई समेत बधाई दिएका हुन्। उनले सन्देशमा नेपालको चुनाव सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै बालेन शाह र रवि […]

सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने

सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयकाअनुसार सरककारले विकास ऋणपत्र बोलकबोल मार्फत ५ वर्षका लागि ६ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो। विकास ऋणपत्र २०८७ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल २६ फागुनमा हुनेछ भने निष्कासन २७ फागुनमा हुनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक […]

पाँच वर्षभित्र नेपाललाई औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउँछौँ : विप्लव अधिकारी

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई ५ वर्ष भित्रमा नै औषधिमा ८० प्रतिशत आत्मनिर्भर बनाउन सक्ने दाबी गरेका छन्। नेपाल फार्मा एक्स्पो र औषधिमा आत्मनिर्भरता : नीतिगत सवाल विषयक कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै अधिकारीले नेपाललाई आगामी ५ वर्ष भित्रमा आत्मनिर्भर बनाउने दाबी गरे। तर त्यसका लागि २०३५ सालमा बनेको औषधि ऐनलाई परिमार्जन गरिनु […]

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

काठमाडाैं । हालै भएको प्रतिनिधि सभा चुनावमा खर्बपति उद्योगीदेखि पूर्व अर्थमन्त्रीसम्मले हार व्यहोर्नुपरेको छ । लामोसमय देशको ढुकुटी सम्हालेकादेखि उद्योगपतिहरुलाई खासगरी रास्वपाको लहरले बढारेको हो । नेपाली काँग्रेसले नवलपरासी पश्चिम–१ बाट खर्बपति व्यवसायी विनोद चौधरीलाई दोस्रोपटक उम्मेदवार बनाएको थियो । फोब्र्सको सूचीमा सूचीकृत एकमात्रै नेपाली व्यवसायी चौधरी २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट २९ हजार […]