विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल आज बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएकाे थियाे । यसअघि शृङ्खलाको […]

काठमाडौंबाट धनगढी जाँदै गरेकाे बस कपिलवस्तुमा दुर्घटना : एकको मृत्यु, ५ जना घाइते

काठमाडाैंबाट धनगढीतर्फ जाँदै गरेकाे बस कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा एककाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन् । बिहीबार राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५ ०६ नं. को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सोही क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर […]

बाँकेको नौबस्ता कारागारबाट फरार कैदीबन्दी बर्दियामा पक्राउ

बाँकेको नौबस्ता कारागारबाट भागेको कैदीबन्दीलाई बर्दियामा पक्राउ गरिएको छ । जेनजी आन्दोलनको क्रममा भदौ २५ गते नौबस्ता कारागारबाट भागेका गुलरिया नगरपालिका’५ का  २३ वर्षीय राम चरण चौधरीलाई बुधबार पक्राउ गरिएको हो । चौधरीले  बलात्कार मुद्दामा कैद सजाय पाएका थिए । जेनजी आन्दोलन हुँदा भदौ २५ गते कारागारबाट चौधरी भागेका थिए । कारागारबाट भागेको करिब दुई […]

सडकबाट झन्डै ३०० मिटर तल खस्यो जिप

रोल्पामा गएराति भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा थप तीन जना घाइते भएका छन्। गएराति  पौने १० बजेतिर सुनिलस्मृति गाउँपालिका –४ धुलेओडारमा लु २ च ८०१५ नम्बरको पिकअप जिप सडकबाट अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। भित्री सडकखण्ड हुँदै किलाचौरबाट सुलिचौर तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालक सुनछहरी गाउँपालिका –६ का ३२ बर्षीय […]

बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाले बुधबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार मंगलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसैगरी, बिहीबार र शुक्रबार कोशी र बागमती […]

पाल्पामा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

तानसेन (पाल्पा) । यहाँको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङ्मा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नं को विद्युतीय गाडी आज दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा चालक छहरा अमलावासका ३४ वर्षीय कमल रायमाझी, रैनादेवी छहरा– १ सिद्धेश्वरका […]

जेनजी आन्दोलनमा प्रहरीको सञ्चारतर्फ मात्रै २६ करोडको क्षति

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा प्रहरीको सञ्चारतर्फ पनि ठूलो क्षति भएको छ । आन्दोलनमा प्रहरीतर्फ भएको क्षतिलगायत विवरणको अध्ययन गर्न बनाइएको डिआइजी दीपक रेग्मी नेतृत्वको समितिले सञ्चारतर्फ पनि ठूलो क्षति भएको औँल्याएको छ ।   रेग्मी समितिको प्रतिवेदनमा सञ्चार साधनतर्फ मात्रै २५ करोड ९४ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ […]

दृष्टि आँखा अस्पताल र पोखरेलि ट्याक्सी बिच आँखा उपचारमा सहकार्य, सदस्यहरूलाई विशेष छुट

पोखरा:दृष्टि आँखा अस्पताल र पोखरेलि ट्याक्सी सेवा प्रा लि कास्की बिच आँखा उपचारमा सहकार्य, सदस्यहरूलाई विशेष छुट पोखरेलि ट्याक्सी सेवा प्रा लि कास्की र गन्डकि प्रदेश कै पहिलो निजि आखा अस्पताल दृष्टि आँखा अस्पतालबीच आँखा सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौताअनुसार, अब पोखरेलि ट्याक्सी सेवा प्रा लि कास्की का सदस्य तथा […]

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

गत सोमबारदेखि परेको हिमपात रोकिएसँगै मनाङ क्षेत्रको यात्रा अवस्था सहज हुँदै गएको छ। विशेष गरी विश्वकै अग्लो ताल, तिलिचो ताल (४,९१९ मिटर) र थोराङ्ला भञ्ज्याङ (५,४१६ मिटर)को पदयात्रामा आएका पर्यटकका लागि हाल परिस्थिती अनुकूल बन्न थालेको छ। मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल र अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत थोराङ्ला भञ्ज्याङमा पुगेका पर्यटकहरू मौसम असहज भएपछि फर्किन […]

प्रधानमन्त्री र दलसँगको बैठकमा जेन–जीका यी प्रतिनिधि सहभागी हुँदै

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सरकार, राजनीतिक दल र जेन–जीबिचको त्रिपक्षीय बैठकमा जेन–जीका १३ प्रतिनिधि सहभागी हुँदै छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार संयुक्त बैठकमा मिराज ढुंगाना, मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर सहभागी हुनेछन्। २१ फागुनमा तोकिएको प्रतिनिधिसभा […]