मेयर आचार्यले भने तीज शुभकामना: “संस्कृतिको संरक्षण गर्दै पर्व मनाऔँ”

पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले तीज पर्वलाई यसको मौलिकता जोगाउँदै सांस्कृतिक संरक्षणमा जोड दिएर मनाउन आग्रह गर्नुभएको छ । मेयर आचार्यले तीज पर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै महिलाहरूलाई आफ्ना सुखदुःख र […]
हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै

हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । हरितालिका तीजको अघिल्लो दिन एक […]
तीजको दिन पशुपतिनाथका ४ वटै ढोका खुला रहने

पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपति दर्शनका लागि चारै वटै ढोकाबाट व्यवस्था गरिने लगायतका प्रबन्ध गरेको छ। कोषको आयोजनामा मनाइने तीज र उक्त दिनमा भक्तालुहरुले मन्दिरका दर्शन सम्बन्धमा ११ बुँदे चरणहरूबारे जानकारी गराएको छ । जसमा गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ता चप्पल कक्षबाट […]
आज यी स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको महाशाखाले बताएको छ। सोमबार देशभर साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम […]
पोखरा १४ मा मिलनसार आमा समूहद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

पोखरा: पोखरा-१४ स्थित मिलनसार आमा समूहले हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। आइतबार पोखरा-१४, इगल आई रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा समूहका सदस्यहरू, स्थानीय बासिन्दा र अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमकी अध्यक्ष सृजना श्रेष्ठले सम्पूर्ण दिदीबहिनीहरूलाई तीजको शुभकामना दिँदै यस्ता कार्यक्रमले आपसी सद्भाव र एकता बढाउन मद्दत पुग्ने बताउनुभयो। […]
पोखरा महानगरको सहयोगमा शिवमार्ग “क” टोलमा सामुदायिक भवन निर्माण सम्पन्न, मेयर आचार्यद्वारा समुद्घाटन

पोखरा, शनिबार – पोखरा महानगरपालिका-१४ स्थित शिवमार्ग “क” टोल विकास संस्थाको नवनिर्मित सामुदायिक भवनको शनिबार समुद्घाटन गरिएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उक्त भवनको समुद्घाटन गर्नुभएको हो। स्थानीयवासी, महानगरपालिका र विभिन्न सहयोगीहरूको संयुक्त प्रयासबाट निर्माण सम्पन्न भएको यो भवन सामुदायिक सहकार्यको एक उत्कृष्ट नमुना बनेको छ। कुल ३२ लाख १२ हजार ३४९ रुपैयाँको लागतमा […]
आवधिक निर्वाचन समयमै हुने कुरालाई कसैले हल्लाउन सक्दैनः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताउनुभएको छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दक्षिण एशियाका अधिकांश देशहरुमा आवधिक निर्वाच समयमै नहुने बताउनुभयो । समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उहाँको भनाइ छ । निर्वाचन सम्बन्धी […]
दृष्टि आँखा अस्पताल र पोखरा उद्योग वाणिज्य संघबीच आँखा उपचारमा सहकार्य, सदस्यहरूलाई विशेष छुट

पोखरा: पोखरा उद्योग वाणिज्य संघ र पोखराकै दृष्टि आँखा अस्पतालबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौताअनुसार, अब संघका सदस्य तथा कर्मचारीले दृष्टि आँखा अस्पतालमा आँखासम्बन्धी उपचार गराउँदा विभिन्न सेवामा आकर्षक छुट पाउने भएका छन्। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र दृष्टि आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्री ले सम्झौतापत्रमा […]
रोजगारीका लागि साउनमा बाहिरिए ६८ हजार युवा

v चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा ६८ हजारभन्दा धेरै युवा रोजगारीको सिलसिलामा बाहिरिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार ६८ हजार ११० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा पुरुष ५८ हजार ९४८ जना छन्। त्यस्तै ९ हजार १६२ जना महिलाले श्रम स्वीकृति लिएका छन्। युवाहरूले मलेसिया, खाडीका […]
सुटकेसभित्र मृत भेटिएकी महिलाको घर भारत, छोरा पढाउन बसेकी थिइन् माइतमा

रौतहटमा सुटकेशभित्र मृत भेटिएको महिलाको पहिचान खुलेको छ। मृतक महिला रौतहटकै माधवनारायण नगरपालिका-६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साह रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपी राजु कार्कीले जानकारी दिए। मृतककी आमा र दाइले शवको सनाखत गरेको डिएसपी कार्कीले जानकारी दिए। ‘आमा र दाइसहित अरू आफन्तहरू पनि आउनुभएको थियो। उहाँहरूले सनाखत गरिसक्नुभएको छ,’ […]