काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै

काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहाेर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहाेर व्यवस्थापनको कार्य सुरु गर्न थालेको छ । यसरी सुक्खा फोहाेर व्यवस्थापनको कार्य सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट ल्यान्डफिल साइटमा दैनिक करिब ३.१९ मेट्रिक टन कम फोहर व्यवस्थापन हुन थालेको महानगरपालिकाको […]

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन् । साथै, यस्ता प्रकारका महिला […]

१६ औषधि पसल निलम्बनमा

 औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ। निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच औषधि पसल कैलालीका रहेका छन्। औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा ती पसललाई निलम्बन गरेर कारबाही गरिएको हो । अनुगमनका क्रममा व्यवसायी उपस्थित नभएको, […]

रास्वपा सभापति लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्चमा आज पनि सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाइ हुने भएको छ । आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको रिटमा सोमबार पनि सुनुवाइ हुने भएको हो । रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा अिाइतबार सर्वोच्चमा सुनुवाइ भएको थियो । सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी […]

हलेसीमा निर्माणाधीन नगर अस्पताल अलपत्र

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । निर्माणमा संलग्न कम्पनीले खटाएको कामदारले काम छाडेर गएपछि भवन निर्माण अलपत्र परेको हो । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार निर्माणमा संलग्न कम्पनीले कामदारलाई पैसा नदिएकाले छाडेर हिडेको हो । कामदारले गत मङ्सिरसम्म काम गरेको तर पैसा नपाएपछि छाडेर हिडेको गिरीले बताए । […]

म्यानहन्ट इन्टरनेशनल नेपाल २०२६ को अडिसन सम्पन्न

म्यानहन्ट इन्टरनेशनल नेपाल २०२६ को अडिसन काठमाडौंस्थित जस्मिन फिटनेस एण्ड स्पामा सफलतापूर्वक सम्पन्न भएको छ। अडिसनमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने योग्य प्रतिस्पर्धी छनोट प्रक्रिया सुरु भएको आयोजकले जनाएको छ। नेपालभरबाट २०० भन्दा बढी युवाहरूले आवेदन दिएको यस प्रतियोगितामा प्रारम्भिक छनोटपछि केही प्रतिस्पर्धीहरूलाई अडिसनका लागि आमन्त्रित गरिएको थियो। अडिसनका क्रममा प्रतिस्पर्धीहरूको आत्मविश्वास, व्यक्तित्व, सञ्चार क्षमता, […]

ओलीलाई समवेदना दिन प्रधानमन्त्री कार्की गुण्डुमा

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्न गुण्डु पुगेकी छिन्  । उनी आइतबार दिँउसो गुण्डु पुगेकी हुन् । भेटमा उनीहरूको वीचमा समसामयिक विषयमा समेत केही कुराकानी भएको बताइएको छ । ओलीको पिता मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि पहिलोपटक कांग्रेस कार्यसम्पादन समिति बैठक बसेको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोटका लागि बैठक बसेको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । कांग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय […]

संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा

 राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलको नेता छान्न केही समय लाग्ने बताएको छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाले संसदीय दलको नेता छान्न केही समय लाग्ने जानकारी दिनुभएको हो । उहाँले पार्टी सभापति रवी लामिछाने अस्वस्थ रहेकोले संसदीय दलको नेता छान्ने प्रक्रियामा केही ढिलाई भएको बताउनु भयो । उहाँले […]

कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । साेही बैठक आइतबार दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएकाे हाे। बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने […]