घटेको पूर्वाधार बजेटमा समेटिएका यी हुन् आयोजना

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूर्वाधार विकास मन्त्रालयको बजेटमा केही कटौती गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटमा यस मन्त्रालयका लागि कुल ३ खर्ब २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ, यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १ अर्ब ३९ करोड ९४ लाख […]
बजेटप्रति जनार्दन शर्माको सकारात्मक प्रतिक्रिया, कार्यान्वयन मुख्य चुनौती
प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) का नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले बालेन शाह नेतृत्वको सरकारले आर्थिक वर्ष २०८३८४ का लागि प्रस्तुत गरेको बजेटलाई “समग्र रूपमा सकारात्मक र आशावादी” भन्दै स्वागत गरेका छन्। शुक्रबार शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत बजेटबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। शर्माले बजेटले नीतिगत तथा कानुनी सुधारमार्फत कार्यसम्पादन सहज बनाउने उद्देश्य राखेको उल्लेख गर्दै औद्योगिक […]
सरकारले ल्याएकाे बजेटमा यस्ताे छ निजी क्षेत्रकाे धारणा

निजी क्षेत्रले सरकारले ल्याएको बजेटमा आफूहरूले उठाएका धेरै विषयहरू सम्बोधन भएको बताएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि उनीहरुले सरकारले ल्याएको बजेटबाट आफूहरू उत्साहित भएको भन्दै अर्थतन्त्र चलायमान हुने विश्वास समेत व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले निरन्तर उठाउँदै आएका धेरै विषयहरू सम्बोधन […]
संघीय बजेटमा यसरी समेटियो बागमती प्रदेश

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्व ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । संघ सरकारले आगामी आर्थिक वर्षमा बजेटमार्फत बागमती प्रदेशका १३ जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाउने लक्ष्यका साथ अघि बढेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटमा काठमाडौं उपत्यकालाई आधुनिक सहरका रूपमा विकास गर्न ‘भिजन २०४०’ को योजना […]
मधेस सरकारको नीति तथा कार्यक्रममा नारैनारा
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विभिन्न नारा समेटेको छ । प्रदेशको समृद्धिका लागि तय गरिएका योजनालाई विभिन्न २० नारामार्फत सजाइएको छ । शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सभामा प्रस्तुत गरेको ‘मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम’मा प्रदेशको विशिष्ट पहिचान, भौगोलिक अवस्थिति तथा जनसाङ्ख्यिक लाभको समुचित उपयोग गर्दै समृत मधेस […]
किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रपति पौडेलले कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा शुक्रबार आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्। ‘किसानको मुस्कानमा राष्ट्रको खुशी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता […]
संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च हो : सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले संसद् केबल कानुन निर्माण गर्ने थलोमात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख मञ्च भएको बताएका छन्। उन्नाइसौँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्नुहुँदै उनले लोकतन्त्रलाई थप सुदृढ, जिम्मेवार तथा परिणाममुखी बनाउने दिशामा संसद्को भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेकामा जोड दिए। लोकतन्त्रको सुदृढीकरणबाट मात्र […]
गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक : मुख्यमन्त्री बानियाँ
जनआन्दोलन, राजनीतिक सङ्घर्ष र हजारौँ नेपालीको बलिदानपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक इतिहासकै महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ। २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै मुलुकलाई गणतन्त्र घोषणा गरेसँगै राज्य सञ्चालनको केन्द्रमा जनतालाई स्थापित गरेको थियो। त्यसयता नेपाल सङ्घीय शासन प्रणालीमार्फत समावेशी लोकतन्त्र, जनअधिकार, सामाजिक न्याय र विकासको नयाँ यात्रामा अघि […]
दश महिनामा ८८ अर्ब बराबरको निर्यात
चालु आर्थिक वर्षको प्रथम १० महिनामा ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन्। गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले बताए। चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल, पाँच अर्ब ३५ […]
कर्नाटकमा सत्ता परिवर्तन : मुख्यमन्त्री सिद्धारमैयाद्वारा राजीनामा, शिवकुमारलाई बनाउने तयारी
भारतको कर्नाटक राज्यका मुख्यमन्त्री सिद्धारमैयाले आफ्नो पदबाट राजीनामा दिएका छन्। कर्नाटकका गभर्नर थावरचन्द गहलोतले शुक्रबार उनको राजीनामा स्वीकृत गरेका हुन्। नयाँ उत्तराधिकारी नियुक्त नभएसम्म उनी कामचलाउ मुख्यमन्त्रीका रूपमा रहनेछन्। सिद्धारमैयाको राजीनामासँगै उनको नेतृत्वमा रहेको मन्त्रिपरिषद् भंग भएको लोक भवनद्वारा जारी सूचनामा उल्लेख छ। अब उपमुख्यमन्त्री डीके शिवकुमार कर्नाटकको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। गभर्नर गहलोत […]