पूर्णराज्यको माग गर्दै भारतको लद्दाखमा प्रदर्शन, विद्यार्थीहरुले जलाए भाजपाको कार्यालय

लद्दाखलाई पूर्ण राज्यको माग गर्दै राजधानी सहर लेहमा विद्यार्थीहरुले बुधबार व्यापक प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा विद्यार्थीहरूले भारतीय जनता पार्टी (भाजपा)को स्थानीय कार्यालयमा समेत आगजनी गरेका छन् । आन्दोलन चर्किएसँगै लद्दाखलाई पूर्ण राज्यको मान्यता दिन माग गर्दै १५ दिनदेखि भोक हड्तालमा बसेका सामाजिक अभियन्ता सोनाम वांगचुकले पनि हड्ताल तोडेका छन् । आन्दोलनरत विद्यार्थीहरूले संविधानको […]
माओवादीले केन्द्रीय समिति भङ्ग गरी विशेष महाधिवेशन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हालको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने, सोको संयोजन स्वयं अध्यक्षले गर्ने र प्रस्ताव लैजाने […]
विश्वप्रकाश शर्मा भन्छन्: अब जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन्, जो बदलिंदैनन् तिनले बिदा लिन्छन् ।’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेनजी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात गर्दै कांग्रेस नयाँ ढंगले रूपान्तरण हुने बताउनुभएकाे छ। पार्टीको झापा निर्वाचन क्षेत्र-१, क्षेत्रीय समितिले मंगलबार गृहनगर धुलाबारीमा आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ विषयक अन्तरक्रियामा बाेल्दै उहाँले पार्टीमा रूपान्तरणको विकल्प नरहेको बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,- ‘समय बदलिएको छ । सबै बदलिनुपर्छ […]
आश्विन शुक्ल तृतीयाः गीत–संगीत क्षेत्रमा लागेकाले विशेष पूजा आराधना गरिने चन्द्रघण्टा देवीको साधना गरिँदै

बडा दसैं एवं नवरात्रको तेस्रो दिन दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने […]
अवरूद्ध छ तुइन खोला, विकल्पमा प्रयोग गर्न सकिन्छ यो रूट

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन्। पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर ढुंगा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ। दसैंको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन्। मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै […]
“एमालेमाथि चौतर्फी प्रहार विदेशी शक्तिको डिजाइनः युवा नेता बस्नेत”

नेकपा (एमाले) पोखरा महानगर कमिटीका सचिव, युवा नेता सुशील बस्नेतले पार्टी कार्यकर्ताहरूलाई निराशा त्यागेर एकजुट हुन आह्वान गरेका छन्। उनले पार्टीमाथि भइरहेका चौतर्फी प्रहारको सामना गर्दै राष्ट्रियताको रक्षाका लागि अगाडि बढ्न आग्रह गरे। बस्नेतले भने, “यतिबेला निराशा र कुण्ठा छर्ने होइन। पार्टीले के दियो दिएन, त्यो गुनासो गरेर पीडाका कथाहरू सुनाउने बेला होइन। अन्याय र […]
वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो। गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै रु एक अर्ब ७६ करोड […]
नवरात्रको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा तथा आराधाना गरिदै

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन्। पौराणिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्न ब्रह्मचर्य धारण गरी हजारौँ वर्षसम्म […]
जेनजी प्रदर्शन: २२ अर्ब २५ करोड बराबरको बिमा दाबी

जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ। सो प्रदेशमा १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ। कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो […]
सुख्दा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक अवरूद्ध

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा सुक्खा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक खण्ड अवरूद्ध बनेको छ। जवाङखोलामा सोमबार मध्यराति सुख्खा पहिरो खसेको र पहिरो खस्ने क्रम अझै नरोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। अहिले उक्त स्थानमा दुईतर्फी नै बाटो अवरूद्ध रहेको धादिङ प्रहरीले जानकारी दिएको छ। राति पहिरो पन्छाउन नसकिने र बिहान उपकरण ल्याइ पन्छाउन […]