स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकले प्रतिष्ठानमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्दै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने बताएकी छिन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा स्वास्थ्यमन्त्री मेहताले प्रस्तुत गरेको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले […]

अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुरक्षाका लागि नयाँ नीति सुरु गरेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले गन्तव्य मुलुकमा पुगेपछि भोग्नुपर्ने सास्ती, श्रम शोषण र रोजगारदाताको मनपरीलाई रोक्न सरकारले म्यानपावर व्यवसायीकै पहिलो जिम्मेवार बनाउने भएको हो । वैदेशिक रोजगारी क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । त्यसैले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुरक्षा र व्यवस्थित बनाउन […]

रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस

लाजिम्पाटस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना निवर्तमान अध्यक्ष आङ बाबु राईविरुद्ध कारबाहीका लागि काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा सिफारिस गरेको छ । सहकारीमा प्राप्त पीडितको उजुरीको आधारमा सहकारीको सञ्चालक समिति बैठक बसेर कारबाहीको सिफारिसका लागि निर्णय गरेको वर्तमान अध्यक्ष इन्द्रकुमार राईले जानकारी दिए । निवर्तमान अध्यक्ष राईले महिला बचतकर्ताहरूको रकम ठगी गर्नुका […]

कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो

कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ । केही दिनअगाडि मात्रै पुलको काम सम्पन्न भएर आवागमन सञ्चालन भएपछि कर्णाली नदी, आसपासका फाँटको सुन्दरता अवलोकन गर्न तथा गर्मी छल्न आउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो । “गर्मी बढी छ, साँझको समयमा शीतलताका लागि […]

फिफा विश्वकप : अस्ट्रियासँग अल्जेरियाले बनायो बराबरी गोल

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अल्जेरियाले अस्ट्रियालाई गोल फर्काएको छ। सुरुवाती अग्रता लिएको अस्ट्रियाविरुद्ध अल्जेरियाका रफिक बेलघालीले खेलको ४५औं मिनेटमा गोल गर्दै बराबरी बनाएका हुन्। कान्सास सिटी रंगशालामा जारी खेलको २८औं मिनेटमा मार्को अर्नाटोभिकले पहिलो गोल गरेर अल्जेरियाविरुद्ध अस्ट्रियाको सुरुवाती अग्रता बनाएका थिए। समूह जेको यो खेलमा अल्जेरिया र अस्ट्रिया १-१ गोलले बराबरीमा खेलिरहेका छन्।

भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुग्यो

भेनेजुएलाको भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ । बुधबार साँझ गएका दुई शक्तिशाली भूकम्पमा घाइते हुनेको संख्या तीन हजार ३६२ पुगेको छ । राजधानी काराकास र वरपरका क्षेत्रमा थुप्रै भवन भत्किएकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण गर्ने संस्था युएसजिएसका अनुसार बुधबार साँझ  काराकासबाट लगभग २८४ किलोमिटर पश्चिममा रहेको सान फेलिपनजिकै ७.२ म्याग्निच्युडको […]

एकै मञ्चमा देखिँदै ओली, प्रचण्ड र माधव नेपाल

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सह-संयोजक माधवकुमार नेपाल आज (आइतबार) एकै मञ्चमा देखिँदै छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उनीहरू एकै मञ्चमा देखिन लागेका हुन्। उनीहरू सँगै झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि हुन् छन्। कार्यक्रमको […]

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन माग्दै मानवअधिकार आयोगमा ओलीको निवेदन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी आन्दोलन’सँग सम्बन्धित छानबिन प्रतिवेदन, निर्णय तथा अनुसन्धानका सम्पूर्ण कागजात उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन्। अध्यक्ष ओलीका तर्फबाट एमाले नेता महेश बर्तौलाले शुक्रबार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन्। निवेदनमा गत भदौ २३ र २४ गते भएका घटनाबारे आयोगले गरेको छानबिन […]

अरनिको राजमार्ग असार २२ गतेदेखि राति बन्द गरिने

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड असार तेस्रो सातादेखि १५ दिनको लागि सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो। उक्त सडकखण्ड कालोपत्र गर्ने हुदाँ उक्त अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्नुको साथै  यात्रुवाहक […]