दुइटा मोटरसाइकल ठोक्किँदा स्ववियु अध्यक्षसहित दुई जनाको मृत्यु

दोलखामा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार राति ९ बजे दोलाखाको भिमेश्वर नगरपालिका-६ रमितेडाँडास्थित लामोसाँघु-जिरी सडक खण्डमा बा.प्र ०२-०३४ प ३२४२ र  बा ९३ प ८८९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनालाई च्छो-रोल्पा अस्पताल चरिकोट पठाइएको थियो। अस्पताल पुर्‍याउँदै दुवैलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी […]

आज गणेश चौथी, भगवान गणेशको विशेष पूजा आराधना गरिँदै

अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व बुधबार मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा बुधबार उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको […]

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। बुधबार बिहान  कोशी, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको […]

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी एकल नृत्य प्रतियोगिता सुरु बुधबार छेलोहान्ने प्रतियोगिता हुने

पोखरा १० भाद्र,पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अर्न्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय […]

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने भएको छ । सहरभरी हैजा फैलिएका कारण थप संक्रमणबाट जोगिन महानगरले विद्यालय बन्द १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न आह्वान गरेको थियो । मंगलबार एक सूचना जारी गर्दै महानगरले १३ भदौसम्म सामुदायिक र […]

सरकार इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो : आफू अनुकूल समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने

चौतर्फी बिरोध पछि अन्तत: सरकार आगामी असोज एक गतेदेखि देशभर इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयबाट पछि हटेको छ। यातायात व्यवस्था विभागले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने जनाएको छ। विभागले मंगलबार सूचना जारी गरेर सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश: जोड्दै लैजाने […]

“हाम्रो लक्ष्य खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु हो, कोरियासँगको सम्झौता कोशेढुङ्गा साबित हुनेछ” – मेयर आचार्य

पोखरा,  – पोखरा महानगरपालिका खेलकुद समिति र गणतन्त्र कोरियाको चियोङ याङ काउन्टी खेलकुद समितिबीच खेलकुद तथा अन्य गतिविधिहरू स्थापनाका लागि एक महत्वपूर्ण समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा यो सम्झौतामा हस्ताक्षर भएको हो । यस सम्झौताको मुख्य उद्देश्य दुई सहरबीच मैत्रीपूर्ण सम्बन्धलाई बढावा दिनु, […]

संसदीय सुनुवाइ समिति सभापतिबाट ईश्वरीदेवी न्यौपानेले दिइन् राजीनामा

संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले पदबाट राजीनामा दिएकी छन्। सभामुख देवराज घिमिरेलाई मंगलबार दिउँसो भेट गरी न्यौपानेले राजीनामा दिएकी हुन्। ‘संसदीय सुनुवाइ समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै/तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु,’ न्यौपानेले सभामुखलाई बुझाएको राजीनामा पत्रमा उल्लेख गरेकी छन्। न्यौपानेलाई […]

सर्वोच्चको व्याख्या- पशुपतिमा साधुहरू नाङ्गै बस्नु अश्लीलता होइन

सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा साधुहरूले नाङ्गै बस्नुलाई सनातनी अभ्यासको रूपमा व्याख्या गरेको छ। न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको इजलासले गरेको एक फैसलामा नागा साधुहरू नाङ्गै बस्नुलाई अश्लीलताको प्रदर्शन गरेको भन्न नमिल्ने व्याख्या गरेको हो। ‘नाङ्गै बस्नुको उद्देश्य दर्शनार्थी भक्तजनहरूको कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा निजहरूको सोचलाई भ्रष्ट र चरित्रहीन गराउने उद्देश्यले नभई […]

नेकपा (एमाले) ले भदौ १३ गते बोलाएको बैठक स्थगित भएको छ। दोस्रो विधान महाधिवेशनको राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न एमालेले शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरेको थियो। तर केन्द्रीय सदस्यहरूले विधान महाधिवेशनको अघिल्लो दिन नै बैठक राख्दा सजिलो हुने सुझाव दिएको भन्दै एमालेले केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो। केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको बताए। ‘अहिलेलाई १३ गतेको बैठक स्थगित भएको छ। अर्को बैठकबारे कुनै सूचना दिइएको छैन। विधान संशोधन प्रस्तावमाथि आएका सुझावहरू कम्पायल गर्न कति समय लाग्छ,’ उनले भने। एमालेले विधान संशोधन प्रस्तावमाथि सुझाव पठाउन मंगलबार बेलुकासम्मको समय दिएको छ। बुधबार र बिहीबार ती सुझावलाई दस्तावेजीकरण गर्न नभ्याइने भएकाले पनि बैठक सार्नु उपयुक्त हुने सुझाव दिएको गौतमले बताए। भदौ १४ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा जाने कार्यक्रम पनि छ। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज सभा हलमा हुँदैछ। एमालेको यो महाधिवेशनले विधान तर्जुमा गर्नेछ। तर भण्डारी पक्षले भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत राख्ने तयारी गरेपछि बैठक नै सारिएको बताउँछन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी १० औं केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नु अस्वाभाविक नभएको बताउँदै फरक मत दर्ज हुने सम्भावना बताएका थिए। ‘केन्द्रीय सदस्यहरूको बैठक हो, सदस्यहरूले बोल्छन्, आफ्ना धारणा राख्छन्, त्यसलाई अस्वाभाविक रूपमा लिनुहुँदैन, यो नियमित प्रक्रिया हो,’ उनले सेतोपाटीसँग भने। एमाले नेता कृष्ण दाहालले पनि अबको केन्द्रीय कमिटी बैठमा ईश्वर पोखरेलले फरक मत दर्ज गर्छु भनेको बताए। ‘नवौं बैठक हुलमुलमा सकियो। एजेन्डा नै नभएका विषय पनि आए। त्यहाँ बोल्ने वातावरण नै थिएन। अबको केन्द्रीय कमिटीमा उहाँले फरक मत राख्छु भन्नु भएको छ,’ उनले भने। पोखरेलसहितका नेताको तयारी बुझेरै अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबारको बैठक सारेको भण्डारी पक्षको भनाइ छ। एमालेको गत साउनमा बसेको केन्द्रीय कमिटी नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको थियो। यो सँगै उनको सदस्यता पनि निष्क्रिय तुल्याएको थियो। तर भण्डारीले राजनीतिक गतिविधिहरू गर्दै आएकी छन्।

नेकपा (एमाले) ले भदौ १३ गते बोलाएको बैठक स्थगित भएको छ। दोस्रो विधान महाधिवेशनको राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न एमालेले शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरेको थियो। तर केन्द्रीय सदस्यहरूले विधान महाधिवेशनको अघिल्लो दिन नै बैठक राख्दा सजिलो हुने सुझाव दिएको भन्दै एमालेले केन्द्रीय कमिटी बैठक स्थगित गरेको […]