
दमक– निर्वाचन क्षेत्र झापा–५ मा रास्वपा बरिष्ठ नेता बालेन शाह बिजयी भएका छन्। २४ हजार २२४ मत गन्न बाँकी छँदै ३८ हजार ६५ मतान्तरको अग्रतामा बालेनको जित भैसकेको छ।
औपचारिक नतिजा आउनुअघि नै उनी प्रतिस्पर्धामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा ३४ हजार मतान्तरले अगाडि छन्। पछिल्लो परिणाम अनुसार बालेनले ५२ हजार ९६ मत ल्याएका छन् भने ओलीको १४ हजार ३१ मत आएको छ।