झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२ मतमध्ये अहिलेसम्म ८८ हजार ४४१ मत गणना भइसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह ५५ हजार ९३४ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन्।
मतगणनास्थल भन्दा बाहिर रास्वपा समर्थकहरूको भिड देखिएको छ । भिडमा केपी र बालेनको डुप्लिकेट पनि देखिएका छन् ।