नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो । समिति […]
विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई रुची अनुसारको विषय पढ्न दिनुपर्ने बताएका छन् । ‘पढ्न पाएन भने सिक्न पाएन भने मूर्ख जस्तो बस्छन्, यदि उसले रोजेको विषय पढ्न पाए भने आफ्नो प्रतिभा अनुसार काम गर्न सक्छन्,’राजर्षी जनक विश्वविद्यालय जनकपुरको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले भने । रुचीको विषय पढेर प्रतिभा देखाउन विद्यार्थीहरूलाई उनले सुझाव समेत […]
तनावबिच ट्रम्पले लस एन्जलसमा तैनाथ गरे थप २ हजार राष्ट्रिय गार्ड

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न २ हजार राष्ट्रिय गार्डहरू तैनाथ गर्ने आदेश दिएका छन् । थप २ हजार राष्ट्रिय गार्डहरू लस एन्जलसमा पठाउन लागेको पेन्टागनका मुख्य प्रवक्ता सीन पार्नेलले भनेका छन् । ‘राष्ट्रपतिको आदेशमा, रक्षा विभागले थप २ हजार क्यालिफोर्निया राष्ट्रिय गार्ड सैनिकहरूलाई ड्युटीमा बोलाएको छ ताकि तिनीहरूले आईसीईको मद्दत […]
गुटगत राजनीति गर्दिनँ : पूर्व राष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले कुनै गुटगत राजनीति नगरेको बताएकी छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफुले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन् । उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत उल्लेख गरिन् । भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति […]
‘घोक्ने होइन, बुझ्ने र व्यवहारमा उतार्ने शिक्षाको पक्षमा जेन–जी

विभिन्न कलेजमा अध्ययनरत यो जेनेरेसनका विद्यार्थीहरूले घोकन्ते विद्या र सैद्धान्तिक ज्ञानले आफ्नो भविष्य सुरक्षित नहुने बताएका छन् । उनीहरूले व्यवहारिक, प्रयोगात्मक, सिर्जनात्मक र प्रविधिमैत्री शिक्षाको जोडदार माग गरेका छन् । शिक्षा केवल ग्रेड र प्रमाणपत्रमा सीमित नभई अर्थ, उद्देश्य र आत्मविकास खोज्ने माध्यम बन्नुपर्नेमा उनीहरूको जोड छ । सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक प्रयोगमा जोड नेपालको वर्तमान […]
कमेडी दरबारमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराईको इन्ट्री

कमेडी दरबारको महाराजाको रूपमा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई भित्रिएका छन् । मनोज गजुरेल एक महिनाको युरोप टुरमा निस्किएका कारण प्रदीप भट्टराई सो समय अवधिसम्मका लागि महाराजाको रूपमा कमेडी दरबारमा भित्रिएका हुन् । प्रदीप भट्टराईलाई कमेडी दरबारको सिजन २ को १० एपिसोडबाट देख्न पाइनेछ । प्रदीप भट्टराईले पछिल्लो समयको निकै लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर […]
मर्छु भन्दै गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको उद्धार

मर्छु भन्दै सोलुखुम्बु स्थित गोक्यो ताल क्षेत्र पुगेका चिनियाँ नागरिकको प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिक छुई हुवाङलाई मंगलबार एभरेष्ट हेलिकप्टरमार्फत उद्धार गरिएको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका डीएसपी रिपेन्द्र कुमार सिंहले रातोपाटीलाई बताए । ३५ औँ जन्मदिनको दुई दिनअघि मर्न लागेको भन्दै उनले टिकटकमा पोष्ट गरेका थिए । हुवाङले पोष्ट गरेपछि परिवारले दूतावासमा त्यसबारे जानकारी […]
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिको तयारीमा जुटेका छन् । मंगलबार प्रधानन्यायाधीश राउत र न्याय परिषद्की सदस्य न्यायाधीश सपना प्रधान मल्ल समेत इजलासमा नबसी अनौपचारिक छलफलमा जुटेका छन् । अनौपचारिक छलफलपश्चात् साेमबार औपचारिक बैठकको तयारी रहेको न्याय परिषद् स्रोतले जनाएको छ । सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेकोमा चार न्यायाधीश रिक्त छन् । २०८१ […]
पहिचानका लागि लडिरहेका जेन–जी पुस्ताका एलजीबीटी–आईक्यू

यो जेन–जी पुस्ताका हजारौँ एलजीबीटी–आईक्यू युवाको साझा कथा हो । उनीहरू आफू अगाडि आइरहेका अनेक चुनौतीलाई सामना गर्दै अघि बढिरहेका छन् । उनीहरू लुकेर होइन, खुलेर समाजलाई आँखा जुधाउँदै भन्न चाहन्छन्, ‘म यही हुँ, जस्तो छु, उस्तै स्वीकार गर ।’ एलजीबीटी–आईक्यू समुदायका व्यक्तिहरूलाई नेपालको संविधानले समान व्यवहार गर्नुपर्ने व्यवस्था गरेको छ । तैपनि उनीहरूले आजका […]
‘मिरमिरे’मा प्रकाश सपुतको इन्ट्री

चलचित्र ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । अभिनेता दयाहाङ राईपछि प्रकाश यो चलचित्रमा भित्रिएका हुन् । ‘मिरमिरे’बाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् । अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । ‘हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,’ निर्देशक यम शेर्पाले भने, ‘हामी अहिले बजारले […]