एआई पूर्वाधारमा भारतको २ खर्ब डलरकाे रणनीतिक पहल

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले आफूलाई विश्वसनीय एआई साझेदारका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी केही वर्षमा डाटा सेन्टर पूर्वाधारमा दुई खर्ब डलर लगानी भित्र्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । यो पहलले भारतलाई केवल प्रविधि प्रयोगकर्ता मात्र नभई, एआई सेवा र पूर्वाधारको प्रमुख प्रदायक बनाउने दिशामा उन्मुख गरेको छ […]

निर्वाचनलाई सफल बनाउन राष्ट्रपतिको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन् । ग्याल्पो ल्होछारका अवसरमा नेपाल शेर्पा सङ्घ सङ्घीय कार्यसमितिले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भन्दै फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरे । उनले नेपालको […]

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

क्लोथ बैंक नेपाल र नेपाल–भारत खुला सीमा संवाद समूहद्वारा प्रत्येक वर्षझैँ यस वर्ष पनि मानव महाकुण्ड नामले परिचित मिथिला मध्यमा परिक्रमा अवसरमा नेपाल–भारतबाट आउने साधु–सन्त, महन्थ, श्रद्धालु तथा तीर्थयात्रीहरूको सेवाका लागि हेल्प डेस्क सञ्चालन गरिएको छ । उक्त हेल्प डेस्कमार्फत निःशुल्क स्वास्थ्य शिविर, शुद्ध पिउने पानी, प्राथमिक उपचार, औषधि वितरण लगायतका आधारभूत सुविधाहरू प्रदान गरिएको […]

काठमाडौँमा एक महिनामै २४ सयभन्दा बढी चालक मापसे कारबाहीमा, ५७७ वटा सवारी दुर्घटना

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले माघ महिनाको मासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन माथिको कारबाहीबाट एक महिनामा मात्रै २ करोड ७० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । ट्राफिक प्रहरीले माघ महिनाभर चेकिङका क्रममा ३७ हजार ४ सय १६ वटा सवारी साधनलाई कारबाही […]

लुम्बिनी विकास कोषमा कानुनविपरीत २०७१ मै मन्त्रीस्तरीय निर्णयबाट सचिवस्तरको पद सिर्जना, अहिलेसम्म सबैले दिए निरन्तरता

लुम्बिनी विकास कोषमा कानुन विपरीत मन्त्रीस्तरीय निर्णयबाट नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदको दरबन्दी सिर्जना गरेर नियुक्ति दिँदै आएको तथ्य सार्वजनिक भएको छ । प्रशासनिक नियमअनुसार सचिवस्तरको पद सिर्जना, दरबन्दी स्वीकृति तथा सेवा–शर्त निर्धारण सम्बन्धित संस्थाको रितपूर्वकको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयबाट मात्र गर्न सकिने व्यवस्था छ । तर, त्यो नियमविपरीत सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारका […]

कपिलवस्तुमा पनि शंकास्पद वस्तु फेला

काठमाडाैं । कपिलवस्तुको तौलिहवा बहादुरगञ्ज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवा बहादुरगञ्ज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद वस्तु फेला परेको जनाएकाे हाे। शङ्कास्पद वस्तु फेला परेको ठाउँमा नेपाल प्रहरीको टोली पुगिसकेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर भइरहेको समेत जनाइएकाे छ । जसकाे बारेमा थप विवरण आउन […]

कक्षा १२ को परीक्षा आगामी वैशाखमा हुने (विज्ञप्तिसहित)

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि शुरु हुने जनाएकाे छ । बोर्डले मंगलबार साेही परीक्षाकाे तालिका सार्वजनिक गरेको हो । वैशाख १४ गतेदेखि शुरु हुने परीक्षा २७ गतेसम्म संचालन हुने भएकाे छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको हाे । त्यसअघि एसईईको परीक्षा आगामी […]

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

काठमाडौं– यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन आउन अब १६ दिन बाँकी रहेको छ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । […]

धनगढीमा अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका छन् । जहाजमा रहेका यात्रु सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएका बताए । एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न […]

आज उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो लाग्ने

काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी […]