भारतले नेपाली सीमामा बढायो सेनाको सङ्ख्या

अपरेशन सिन्दूरपछि आतङ्कित बनेको पाकिस्तानले अब नेपालको बाटो हुँदै भारतमा घुसपैठ गर्ने प्रयास गरिरहेको भन्दै भारतले नेपालसँगको सीमामा सुरक्षाकर्मीहरूको सङ्ख्या थपेको छ । भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार नेपालमा लगभग ३७ जना सन्दिग्ध पाकिस्तानी र बङ्गलादेशीहरू छन् । उनीहरू कुनै न कुनै रूपमा भारत प्रवेश गर्ने प्रयासमा भएको भन्दै भारतीय समाचार संस्थाहरूले समाचार छापेका छन् । […]
सुनको मूल्य थप बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ । बुधवार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको […]
सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा कर्मचारीको धर्ना

निजामती कर्मचारीहरूले प्रस्तावित निजामती कर्मचारी ऐनमा आफ्ना मागहरू नसमेटिएको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा धर्ना दिइरहेका छन् । ऐन बन्नलाई १० वर्ष लाग्ने बनाउनका लागि प्रस्तावित ऐनका व्यवस्थामा २० वर्षसम्म एक पदबाट माथिल्लो पदमा बढुवा नहुने अवस्था रहेकाले त्यसको निराकरण गर्नका लागि दबाब दिन शान्तिपूर्ण धर्ना दिइएको निजामती कर्मचारी युनियनका केन्द्रीय […]
बाँके र बर्दियामा ब्राउन सुगरसहित पाँच युवा पक्राउ

बाँके र बर्दिया जिल्लामा आगुऔषध ब्राउन सुगरसहित पाँच युवा पक्राउ परेका छन्। बाँकेको नेपालगञ्जमा चेकजाँचका क्रममा ७० ग्राम ५२० मिली ग्राम ब्राउन सुगरसहित दुइ युवा पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय समिर बेहेना र ३१ वर्षीय जुमाइ सिद्धिकी पक्राउ परेका छन्। नेपालगञ्ज वडा नम्बर २१ स्थित सडक किनारमा हिँडिरहेका उनीहरूमाथि […]
राष्ट्रिय युवा संघको नेतृत्व चयनमा चुनाव नगर्न ओलीको निर्देशन

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय युवा संघको दसौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । शुक्रबारबाट गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु हुने महाधिवेशनको सँघारमा बुधबार मोर्चा फाँट प्रमुख भानुभक्त ढकाल, पूर्वअध्यक्षहरू र अध्यक्ष क्षितिज थेबेसहित पदाधिकारीलाई राखेर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । ओलीको निर्देशनअनुसार मोर्चा फाँट प्रमुख ढकालसहित पूर्वअध्यक्षहरूको टिमले सर्वसम्मत […]
समयमै काम नसक्ने १० निर्माण कम्पनीसँग सडक डिभिजनले तोड्यो ठेक्का

सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का लिएर काम समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेको छ। जिल्लाभित्र सञ्चालित विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने १० वटा निर्माण व्यवसायीहरूसँगको ठेक्का तोडेको हो। दोलखाकै किशोर एन्ड नविन कन्स्ट्रक्सन एन्ड सप्लायर्स, सागर एन्ड शिशिर कन्स्ट्रक्सन, सिन्धुपाल्चोकको पिपल डाँडा निर्माण सेवा, सुनगाभा कन्स्ट्रक्सन प्रालि, काठमाडौंको कामाख्या कन्स्ट्रक्सन प्रालि, रामेछापको […]
प्रधानमन्त्री कप भलिबल लिग आजदेखि : पाकिस्तानका खेलाडीले हेल्प नेपाल र गण्डकीबाट खेल्ने

साबिक विजेता हेल्प नेपाल स्पोर्टस् क्लब र गण्डकी प्रदेश भलिबल संघले बिहीबारदेखि सुरु हुने नवौँ प्रधानमन्त्री कप एनभिए क्लब भलिबल लिगका लागि पाकिस्तानी खेलाडीलाई समावेश गरेका छन् । हेल्प नेपाल र गण्डकीले समान तीनजना पाकिस्तानी खेलाडी अनुबन्ध गरे । हेल्प नेपालमा मुवासर राजा बाट्टो, माजर अली र सेटर वालिद खान छन् । गण्डकीबाट आउटसाइड हिटर वाकर खान, अप्पोजिट […]
गोरखामा बसले किच्दा छोरीको मृत्यु, आमा गम्भीर घाइते

पोखरा । गोरखामा आफै सवार बसले किच्दा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा गोरखा नगरपालिका वडा नं ४ फिनामकी चार वर्षीया सुविना सुर्खेती छन् । घाइते हुनेमा बालिकाकै आमा २० वर्षीया विनिता सुर्खेती छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घाइते सुर्खेतीको प्रदेश अस्पताल गोरखामा […]
चामलबारे ठट्टा गर्दा जापानको मन्त्रीको पद चट् !

जब जापानका कृषि मन्त्री टाकु एटोले ‘आफूले कहिल्यै चामल किन्नु नपरेको किनभने समर्थकहरूले आफूलाई ‘धेरै’ चामल उपहारमा दिने गरेका छन्’ भनेर घोषणा गरे, उनले यस अभिव्यक्तिले हासो ल्याउने आशा गरेका थिए। तर, यसको सट्टा एटोले जनताको आक्रोश कमाए, र त्यो आक्रोश यति धेरै भयो कि उनले पदबाट राजीनामा नै दिन बाध्य भए । जापानले दशकौँपछि […]
कोशी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा पर्नेछ पानी

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसको प्रभावले बिहीबार बिहान कोशी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा झापाको कन्चना मापन केन्द्रले ८ मिलिमिटर वर्षा मापन गरेको छ। मोरङ […]