जसपा नेपालका उपाध्यक्षसहितका नेताहरु नेकपामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष शिवलाल थापा मगरसहितका नेताहरु नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भएका छन्।

सोमबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमबिच पाँचबुँदे सहमति गर्दै मगर नेतृत्वमा उक्त समूह नेकपामा समाहित भएको हो। सहमतिपत्रमा नेकपामा संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र जसपा नेपालका उपाध्यक्ष मगरले हस्ताक्षर गरेका छन्।

‘जसपा नेपालका केन्द्रीय उपाध्यक्ष शिवलाल थापा मगरको नेतृत्वमा उक्त समूहका केन्द्रीय कमिटी, प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरु, क्षेत्र तथा पालिका तहका समितिहरुमा आवद्ध नेता, कार्यकर्ताहरुलाई आपसी सहमतीका आधारमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गर्ने,’ सहमतिपत्रमा उल्लेख छ।

सोही अवसरमा मनिष लिम्बू ‘हेल्लोक’ नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी पनि नेकपामा समायोजन भएको छ।