बझाङमा भूकम्पको धक्का : केही घरमा क्षति

बझाङमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ बजेर ८ मिनेटमा चार दशमलव नौ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरात भूकम्प जाँदा स्थानीयबासीमा त्रास फैलिएको थियो। भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ। स्थानीयले […]

नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार नाघ्यो

नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीको तथ्यांक अनुसार पछिल्लो एक सातामा ५ सय १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने गत २४ घण्टामा ४८ जना नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ५ सय ३५ जना संक्रमित भएका […]

संसद् पुर्नस्थापनाबारे सर्वोच्चमा रिटलगत्तै सभामुखले बोलाए १० दलको बैठक

विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले १० राजनीतिक दलको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले बुधबार बिहान ९ बजे बस्ने गरी १० दलको बैठक बोलाएका हुन् । सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनता […]

नक्कली पेस्तोल देखाई चोरी एवं लुटपाट गर्ने पक्राउ

नक्कली पेस्तोल देखाई चोरी एवं लुटपाट गरेको आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका–२०, भलाम बस्ने २४ वर्षका सुजन विक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए। पक्राउ परेका विकले सोमबार राति अन्दाजी ८ः५० बजेको समयमा पोखरा– १२ शीतलादेवी बस्ने […]

भन्सार छलीको २ किलो सुन र १० किलो चाँदी बरामद

सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र दस हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ। विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो परिमाणको सुन […]

जेनजी आन्दोलनपछि आज पहिलो पटक सार्वजनिक हुँदैछन् देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सार्वजनिक हुने भएका छन्। जेनजी आन्दोलनपछि देउवा पहिलो पटक आज सार्वजनिक हुन लागेका हुन्। भदौ २४ गते यता सार्वजनिक रूपमा नदेखिएका देउवा आजदेखि सुरू हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन लागेका हुन्। कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। सभापति […]

जेनजी पुस्ताको आन्दोलनपछि देश छाडेर भागे माडागास्करका राष्ट्रपति

अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन्। जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको देशव्यापी आन्दोलन चर्किँदै गएपछि उनी आइतबार नै देश छाडेर भागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उनी देश छाडेर भागेको भनेर सोमबार मात्रै पुष्टि भएको थियो। माडागास्करको संसदका विपक्षी नेता, एक सैनिक स्रोत र कुटनितिज्ञले राष्ट्रपति देश छाडेर […]

लक्षित वर्ग उपचारका लागि वीर अस्पतालका कक्ष स्थापना गर्दै काठमाडौँ महानगरपालिका

विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के। सी। र अस्पतालका निर्देशक प्रा। डा। दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । […]

सन्दीप लामिछाने बने प्लेयर अफ द म्याद

आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्समा  कतारमाथि रोमाञ्चक जितका नायक बनेका सन्दीप लामिछानेले प्लेयर अफर द म्याचको अवार्ड पाएका छन्। ३.५ ओभरमा उनले ५ विकेट लिएर १८ रन दिएका थिए। अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन चाहिएको अवस्थामा उनले ४ रन मात्र दिएर दुई विकेट लिई अलआउट गराएका थिए। सोमबारको खेलमा कतारको पहिलो विकेट […]

मेची राजमार्ग तत्काल नखुल्ने : समस्यामा चार जिल्लाका यात्रु

गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू-संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन। उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो । “सडक खुलाउने प्रयास […]