नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि

नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि गराउने तयारी गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो । यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो । स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई श्रम र  बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ । उनीहरुको […]

काँकडभिट्टाबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१-०८२ को सोही […]

दुर्गा प्रसाईले योजनाबद्ध रुपमा अराजकता मच्चाउन खोजेको सरकारको आकलन

व्यवसायी दुर्गा प्रसाईले योजनाबद्ध रुपमा अराजकता मच्चाउन खोजेको सरकारले निचोड निकालेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा चारै सुरक्षा निकायका प्रमुखसहितको बैठकले यस्तो निष्कर्ष निकालेको हो। प्रसाई आन्दोलनको तयारीमा छन्। उनले वर्तमान सरकारलाई कमजोर बनाउने र निर्वाचनको माहोला बिगार्ने योजनासहित आन्दोलन गर्न लागेकाले त्यसमा कठोर हुनुपर्नेमा सुरक्षा निकायका प्रमुखहरुले बताएका छन्। सुरुमा प्रसाईसँग छलफल गर्ने, उनका […]

घाइते र सहिदको रगतमा उभिएर बनेको सरकारले जेन-जीमाथि नै दमन गर्‍याे

शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् । जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए । उनले भने, […]

बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका-९गुरुवागाउँ नमुनाटोलका ४० वर्षीय इन्द्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । खत्रीलाई सामुदायिक वनमा बिहान आठ बजे घाँस काट्न गएको बेला बाघ आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको शव आज क्षतविक्षत अवस्थामा फेला परेको थियो । शरीरको मासु खाएको, टाउको र खुट्टा […]

झिङ्गाले सरापेर एमाले घट्दैन, झन् मौलाउँछ’: प्रचण्डको अवसरवादी यात्राले देश खत्तम भएको भन्दै एमाले नेता बस्नेतको कडा कटाक्ष!

पोखरा। नेकपा (एमाले)का युवा नेता तथा पोखरा महानगर कमिटीका सचिव सुशील बस्नेतले पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवसरवादी राजनीतिले देशलाई विनाशको दिशामा लगेको भन्दै गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता बस्नेतले प्रचण्डको राजनीतिक यात्रा पार्टी बचाउमा मात्र केन्द्रित रहेको बताएका छन्। उनले प्रचण्डको हरेक राजनीतिक कदमलाई ‘आशिर्वाद’ खोज्ने […]

अमेरिकाले युद्धजस्तो अवस्था सिर्जना गरिरहेको भेनेजुएलाका राष्ट्रपतिको आरोप

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकालाई ‘युद्धलाई बढावा’ दिएको आरोप लगाएका छन्। अमेरिकाले क्यारिबियन क्षेत्रतर्फ विश्वको सबैभन्दा ठूलो युद्धपोत पठाएको बेला उनले यो बयान दिएका हुन्। सोहीकारण त्यस क्षेत्रमा सैन्य तनाव अझ बढेको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार ९० वटा विमान बोक्न सक्ने युएसएस जेराल्ड आर फोर्ड विमानवाहक जहाजलाई भूमध्यसागरबाट क्यारिबियनमा तैनाथ गर्न आदेश दिएका […]

दरबारमार्ग वृत्तबाट लुटिएका गोलीसहित दुई युवक पक्राउ

जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते दरबारमार्ग वृत्तबाट लुटिएको गोलीसहित काठमाडौंबाट प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बढैया गाउँपालिका-३ घर भई हाल काठमाडौँको कपनमा डेरा गरी बस्ने वर्ष १७ को अनिश गिरी र काठमाडौँको मालिगाउँ आनन्द भैरव मार्गमा बस्ने वर्ष १६ को सोनम थापा मगर रहेका छन् । उनीहरुको साथबाट भदौ २४ […]

महोत्तरीको गौशाला बजारमा एक व्यक्ति मृत फेला

महोत्तरीको गौशाला नगरपालिका-५ स्थित गौशाला बजारमा एक व्यक्ति मृत फेलाका छन् । सर्लाहीको हरिपूर्वा नगरपालिका बसतपुर निवासी अन्दाजी ३० वर्षीय रामानन्द बैठा मृत भेटिएका हुन्। उनले अधिक मादक पदार्थ सेवन गर्ने गरेको र केहि रोगका कारण उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक जानकारी पाएको प्रहरीले जनाएको छ । यद्यपी, मृत्युको कारण पोस्टमार्टम पछि मात्र थाहा […]

भारतीय केरालाई विस्थापित गर्दै नेपाली केरा

प्राय हरेक वर्ष छठ नजिकिँदै गर्दा जलेश्वर लगायत महोत्तरीको बजारमा भारतीय केरा बिक्री वितरणको लागि आउने गरेपनि यस पटक भने जलेश्वर भन्सारबाट एक गाडी समेत भारतीय केरा नेपाल नभित्रिएको जलेश्वर भन्सार कार्यालयले जनाएको छ । जलेश्वर भन्सार कार्यालयका निमित्त सूचना अधिकारी नायवसुब्बा प्रदिप साहले यस पटक भारतीय नाकाबाट केरा नआएको बताए । भारतीय केरा लगायतका […]