
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ । सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्रीद्वयका प्रतिवेदन र चार विषयमा छलफल गर्न ९ वटा समूह गठन गरिएको छ ।
प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार महामन्त्रीद्वयका प्रतिवेदन र चार विषयमा छलफल गर्न ९ वटा समूह गठन गरिएको हो ।
ती समूहहरूले मुख्य चार वटा विषयमा केन्द्रित रहेर आफ्ना सुझाव र धारणा राख्नेछन्। छलफलका लागि तय गरिएका विषयहरूमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन रहेका छन्।
उनले भने, ’हामीले प्रस्तावहरू पेस गरिसकेका छौँ, अब समूहगत छलफल र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्छ ।’