बालाजुबाट ४ सय बोरा युरिया मल बरामद

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बालाजुबाट ४ सय बोरा युरिया मल बरामदकाठमाडौँको बालाजुबाट प्रहरीले ४ सय बोरा युरिया मल बरामद गरेको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु पुलबाट ४ सय बोरा युरिया बरामद गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।भन्सार छलेर ल्याएको मल र ६० बोरा मकै पनि प्रहरीले बरामद गरेको छ । सो सामान ल्याउने ना.६ ख ७०११ नम्बरको ट्रक चालक रौतहट वृन्दावन नगरपालिका–६ घर भएका २५ वर्षीय राजकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चालकसहित भन्सार छलीको सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ ।